बलिराम शुक्ला, बिरुवागुठी १८ मङ्सिर/
पर्सागढी नगरपालिका–३ पकडिया बडनिहारमा साताको दुई दिन हाटबजार लाग्ने गरेको छ । बिहीवार र आइतवार लाग्ने सो हाटबजार सडकछेउमा साँघुरो स्थानमा लाग्ने गरेको छ ।
बजार आउनेहरूले मुख्य सडक किनारमा सवारीसाधन पार्किङ गर्दा सडकमा ट्राफिक जाम भई सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
पहिले सडक किनारमा लाग्ने यो बजार अहिले अस्थायीरूपमा बजार व्यवस्थापन गरे तापनि बजारमा आउने ग्राहकले सडकछेउमा सवारीसाधन पार्किङ गर्दा सडक निकै व्यस्त हुन्छ । व्यस्त सडक किनारमा जथाभावी सवारीसाधन पार्किङ गर्दा बजारको दिन सडकमा सवारी जाम हुनुका साथै सडक दुर्घटनाको समेत जोखिम बढेको स्थानीय व्यवसायी मोहम्मद मोमताजले बताए ।
हाटबजारमा सवारीसाधन पार्किड्ढो व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने व्यापारीहरूले माग गरेका छन् ।