जोहानेसबर्ग, १७ मङ्सिर/सिन्ह्वा

दक्षिण अफ्रिकाको सत्तारूढ दलले राष्ट्रपति सिरिल रामाफोसाको भविष्यका बारेमा आइतवार पुनः वार्ता शुरू गर्ने भएको छ ।

रामाफोसालाई आफ्नो खेतमा भएको नगद चोरीको कारण पद छोड्न वा पदबाट हट्न बाध्य पार्न दबाब बढिरहेको छ ।

अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी)ले आफ्नो राष्ट्रिय कार्यकारिणी समितिको विशेष अधिवेशन आइतवारका लागि बोलाएकोे छ ।

समितिले शुक्रवार जोहानेसबर्गमा संक्षिप्त बैठक बसी पत्रकारहरूलाई राष्ट्रपतिविरुद्धको मुद्दाको तथ्यलाई अझ नजीकबाट नियाल्ने बताएको थियो ।

पूर्वगुप्तचर प्रमुखले सन् २०२० को फेबु्रअरीमा उत्तरपूर्वी दक्षिण अफ्रिकामा रहेको रामाफोसाको फार्ममा भएको चोरीको घटना प्रहरीबाट लुकाएको भन्दै प्रहरीमा उजूरी परेको थियो ।

रामाफोसाले लुटेराहरूलाई अपहरण गर्न र घूस दिई चुपचाप बस्न लगाएको आरोप लगाइएको छ ।

रामाफोसाका अनुसार फार्ममा थुप्रिएको ठूलो रकम सुडानी व्यापारीले किनेको भैंसीको भुक्तानी हो ।

रामाफोसाले आफ्ना पूर्ववर्ती ज्याकोब जुमाको भ्रष्टाचारमुक्त युगपछि आफूलाई भ्रष्टाचारमुक्तको रूपमा चित्रित गर्ने प्रयासमा यो प्रकरणले छाया पारेको छ ।

रामाफोसाले कानूनको गम्भीर उल्लङ्घन र दुव्र्यवहार गरेको हुन सक्ने निष्कर्षसहितको प्रतिवेदन बुधवार संसद्मा पेश गरिएको छ । उक्त प्रतिवेदनको आगामी मङ्गलवार संसद्ले समीक्षा गर्नेछ ।

यो बहसले रामाफोसालाई महाभियोग लगाउने विषयमा मतदानको बाटो खोलिदिन सक्छ, जुन शब्द दक्षिण अफ्रिकामा पदबाट हटाउनु हो । यद्यपि रामाफोसाले प्यानललाई बुझाएको निवेदनमा कुनै पनि गलत काम नभएको बताएका छन् ।

राष्ट्रपतिलाई यस समयमा कुनै पनि आरोप लगाइएको छैन, र प्रहरी अनुसन्धान जारी छ ।

तर रामोफोसाको ‘कुशन’मुनि लुकाइएको पाँच लाख डलरभन्दा बढी नगदको विवरणसहितको यो अनियमितता काण्ड उनको लागि सबैभन्दा खराब सम्भव क्षणमा आएको छ ।

डिसेम्बर १६ मा उनी संसदीय नेताको लागि चुनाव लड्दै छन् । यो पार्टीको राष्ट्रिय अध्यक्षको रूपमा रहनको लागि पनि महŒवपूर्ण छ । दक्षिण अफ्रिकी प्रेसले शनिवार रामाफोसा पदमा रहिरहनेमा विश्वस्त रहेको जनाएको छ । राष्ट्रपति जनतामाझ एएनसीभन्दा बढी लोकप्रिय रहेको उल्लेख गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here