प्रस, वीरगंज, १७ मङ्सिर/
दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मञ्च, वीरगंज कपडा बैंकको संयुक्त आयोजना, जगरनाथपुर गाउँपालिका–२ वडा कार्यालयको सहकार्य तथा दृष्टि आँखा अस्पताल एन्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा शनिवार जगरनाथपुर गापाको दसौता गाउँमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नेप्रा विद्यालयमा संस्थाका अध्यक्ष बृजेश्वरप्रसाद चौधरीको अध्यक्षतामा भएको शिविरको उद्घाटन गापा अध्यक्ष श्रीकान्त यादवले गरेका थिए । शिविरमा १४८ जनाको आँखा परीक्षण गरिएको र ४२ जनामा मोतीबिन्दु फेला परेको थियो । मोतीबिन्दु भएका बिरामीहरूको यही मङ्सिर २० र २१ गते दृष्टि आँखा अस्पतालमा ६० प्रतिशत छुटमा शल्यक्रिया गरिने डा अरबिन्द गुप्ताले बताए । शिविरमा वडाध्यक्ष नेपालीप्रसाद कुशवाहा, दृष्टि आँखा अस्पतालमा कोओर्डिनेटर सञ्जय चौधरी, रमेश कुशवाहा, सुधीर केवटलगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत जयप्रकाश महतो केवटले गरेका थिए ।