प्रस, वीरगंज, १७ मङ्सिर/
‘सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’ भन्ने नारासहित शनिवार विन्ध्यवासिनी गाउँपालिका–५ प्रसौनीभाठामा अहमदिया सङ्घ नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा भएको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ३० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए ।
अहमदिया सङ्घ नेपालका अध्यक्ष कमरूल होदा अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको गापा अध्यक्ष प्रमोद तिवारीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष मोहनराउत अहिर, अहमदिया सङ्घ नेपाल, पर्साका इन्चार्ज हासिम अहमदलगायतको सहभागिता थियो ।