युनिभर्सिटी अफ एसेक्सको शोध अनुसार सङ्घर्षबारे कुरा गर्ने युट्युबर्सको भिडियो १७ मिनेटसम्म हेर्नुहुन्छ भने तपाईंको विचारलाई प्रभावित गर्न सक्छ । केवल १७ मिनेटमा तपाईं सङ्घर्षको बारेमा कुरा गर्दै कुनै युट्युबरलाई हेर्नाले पूर्वाग्रह कम हुन सक्छ । यस शोधमा सामेल मानिसको मानसिक स्वास्थ्यप्रति पूर्वाग्रह आठ प्रतिशतसम्म गिरावट आएको देखियो र दर्शकबीच इन्टरग्रुप चिन्तामा ११ प्रतिशतसम्म गिरावट आएको थियो ।

के हो पूर्वाग्रहः यो त्यो मानसिकता हो, जसमा हामी कुनै पनि वस्तु वा व्यक्तिलाई नहेरीकन, नबुझीकन र सोचविचार नै नगरीकन कुनै पनि सही वा गलत धारणा बनाउँछौं । पूर्वाग्रहको तात्पर्य कुनै व्यक्ति, वस्तु, तथ्य वा घटनाको बारेमा एउटा पूर्वनिर्णयबाट हुन्छ । उदाहरणको लागि सामान्य धारणाको हिसाबले यदि कतै पनि ग्रामीण व्यक्तिको बारेमा उल्लेख हुन्छ भने मानिसको मनमा कुनै अज्ञानी वा अन्धविश्वासी व्यक्तिको छवि बन्छ । त्यस्तै, शहरी व्यक्तिको बारेमा चलाख, अल्छी मानिसको तस्वीर मनले बनाउँछ । जस्तै आँपको नाम लिंदा दिमागमा कुनै मीठो र पहेंलो फलको तस्वीर बन्छ, यसैलाई पूर्वाग्रह भनिन्छ ।

साइन्टिफिक रिपोर्टमा प्रकाशित एउटा अध्ययनमा शोधकर्ताले बताएका छन्, युट्युब क्रिएटर्सप्रति मानिसको अलगै सम्बन्ध महसूस हुन्छ, जसलाई पैरासोसल रिलेशनशिप भनिन्छ र यसले मानिसको व्यवहारलाई प्रभावित गर्छ । शोध अनुसार सयकडौं मानिसले एकजना महिलाको भिडियो हेरेर यस अध्ययनमा भाग लिएका थिए । नतीजा भनेको उनीहरूमध्ये अधिकांश व्यक्तिको बोर्डरलाइन व्यक्तित्व विकार थियो र यस शोधमा उनीहरूको स्थितिसँग सम्बन्धित हल्लाबारे चर्चा भएको थियो ।

युट्युब सामग्री केवल १७ मिनेट हेरेपछि स्पष्ट पूर्वाग्रह र इन्टरगु्रपको चिन्ताको स्तरमा कमी आएको थियो । यो शोध डा शाबा लोटुनको नेतृत्वमा भएको थियो । उनले भने, मानिसको जीवनमा अनलाइन सामग्रीको प्रभाव हेर्नको लागि यो शोध गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here