भारतको बिहारमा चोरहरूले मोबाइलको टावर नै चोरी गरेको छ । बिहारको राजधानी पटनामा चोरहरूले आफूलाई मोबाइल कम्पनीको कर्मचारी बताउँदै तीन दिनमा टावरको हरेक भाग खोलेर चोरी गरेका हुन् । यो टावर पटनाको गरदानीभाग इलाकामा ललन सिंह नामक व्यक्तिको जमीनमा लगाइएको थियो ।

आफूलाई मोबाइल कम्पनीको अधिकारी बताएर चोरहरूले मोबाइल टावर हटाउन आएको बताए । तीन दिनमा करीब २५ जनाले मोबाइल टावरका एक/एक पुर्जा खोलेर लगेका छन् । चोरहरूले मोबाइल टावरलाई दुई भागमा काट्नको लागि ग्याँस कटरको पनि प्रयोग गरेका थिए । सबै सामान खोलेर उनीहरूले ट्रकमा लोड गरेर लगेका थिए । यस टावरको मूल्य भारु १९ लाख बताइँदैछ, यो टावर १५ वर्षदेखि ललन सिंहको जमीनमा लगाइएको थियो । मोबाइल कम्पनीका कर्मचारीहरू जब टावरको निरीक्षण गर्न गएका थिए, त्यसपछि मात्र उनीहरूले टावर चोरी भएको थाहा पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here