रामेश्वर मेहता, सिम्रौनगढ, १२ मङ्सिर/

बारा, सिम्रौनगढ क्षेत्रको प्रसिद्ध रहेको आलुखेतीमा माटो चढाउने काम शुरू भएको छ ।   

यस क्षेत्रका सिम्रौनगढ, अमृतगंज, हरिहरपुर, देवापुरटेटा, कचोर्वा, गोलागंजलगायतका गाउँमा आलुखेतीमा माटो चढाउने काममा कृषकहरू तल्लीन छन् ।

आलुखेतीमा माटो चढाउने काम मङ्सिर पहिलो सातादेखि पुसको पहिलो सातासम्म गरिन्छ । माटो चडाएलगत्तै सिंचाइ गर्ने गरेको कृषक हरि यादवले बताए ।

यहाँका कृषक खेतमा आलुहरूका प्रजाति लालगुलाब, शिवचालीस, कपूरी सेनुरी जातका लगाउँछन् । यसपालि वर्षाको कारण आलुखेती केही ढिलो भएको छ ।

आलुखेती यहाँको नगदेबालीमध्ये एक हो । नगदेबाली भएपनि बजार अभावले कृषकहरू बिचौलियाको जालमा फसी आलुको उचित मूल्य पाउँदैनन् । गत वर्षको तुलनामा यसपालि बढी आलुखेती भएको देवापुर–टेटाका कृषक सुरेशले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here