विमला गुप्ता, वीरगंज, १२ मङ्सिर/

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत सोमवार सखुवाप्रसौनी गाउँपालिकामा महिला हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । श्रीपुर पंचगावाँ गाउँमा ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ नाराका साथ ¥याली निकालिएको थियो ।

महिला केन्द्र नेपालको आयोजनामा भएको ¥यालीमा गापाकी महिला सदस्यलगायत ७० जना दलित तथा अन्य समुदायका महिल, पुरुष र किशोरीहरूको सहभागिता थियो ।

आयोजक संस्था दलित महिला केन्द्र नेपालकी लैङ्गिक विमर्शकर्ता नीला रामले समाजमा अझै पनि रूढिवादी परम्परा र विकृतिको व्याप्त रहेको कारण महिलाहरू नै यसको शिकार हुने गरेको बताइन् ।

गापाकी दलित महिला सदस्य झप्सीदेवी दुसाधिनले परिवर्तनसँगै महिला हिंसाको घटनामा कमी आएको बताइन् । ६० वर्षीया दुसाधिनले आफूहरूको पालामा अहिलेको जस्तो महिला हिंसाविरुद्ध आवाज उठाउन सक्ने अवस्था नरहेको बताइन् । उनले अहिलेका महिलाहरू सचेत हँुदै गएको बताइन् । केही रूढिवादी सोचका कारण अझै महिलाहरू पीडित भएको उनले बताइन् ।

दलित समुदायकी मुखियासमेत रहेकी झप्सीदेवीले समाजमा बालबालिकाको सानै उमेरमा विवाह गरिदिंदा बालिकाहरूले शारीरिक तथा मानसिक समस्या सहनुपरेको बताइन् ।

उनले भनिन्, “माइबाबुले छोरीहरूको सानै उमेरमा विवाह गरिदिन्छन्, अनि सानै उमेरमा छोरीहरू आमा बन्छन्, जसले गर्दा अकाल मृत्यु हुने, सानै उमेरमा पाठेघरको समस्या हुने बताइन् । दाइजो प्रथाले गर्दा पनि सम्बन्धविच्छेदका घटनाहरू भइरहेको छ ।”

¥यालीमा सहभागी ५० वर्षीया निर्मलादेवी बनियाले सचेतनामूलक अभियानले महिलाहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको बताइन् । बुहारी भएर आउँदा सासू–ससुरा, पति र समाज सबैको बन्देजमा बस्नुपर्ने अवस्था थियो तर अहिलेका छोरीबुहारीहरूलाई पहिलेजस्तो बन्देज नरहेको बताइन् । उनले भनिन्, “देहातका महिलाहरू पनि अब जागरूक हुँदैछन् ।”

स्थानीय सरकारमा सहभागी भएका महिला जनप्रतिनिधिले गर्दा महिला हिंसासम्बन्धी आवाज उठाउन सहज भएको छ । गाउँ–गाउँमा महिला नेत्रीहरूले गर्दा घरभित्रका महिलाहरूलाई आफ्नो कुरा राख्न सहज भएको छ । अहिले हिंसामा परेका अधिकांश महिला प्रहरी प्रशासनमा पुग्न कसैको डर मानिरहेका छैनन् । जसले गर्दा पुरुषहरू कुटपिट गर्न डराउँछन् ।   

दलित अभियन्ता गणेश रामले पहिलेको तुलनामा कुटपिटका घटनामा कमी आए पनि छोराछोरीको विभेद अभैm यथावत् रहेको बताए । उनले अझै दलित समुदायमा छोरालाई विद्यालय पठाउने र छोरीलाई घरको काममा लगाइने गरेको बताए । वर्षमा एकपटक हुने १६ दिने अभियान स्थानीय सरकारका जनप्रतिनिधिले समय–समयमा गरे यसको प्रतिफल हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here