जाडो मौसम शुरू भइसकेको छ । यस मौसममा चीसो लाग्ने, फ्लु हुने र मौसमी रोगले सताउने गर्छ । तसर्थ यस मौसममा यस्तो आहार सेवन गर्नुपर्छ जसले ऊर्जा पनि देओस् र स्वस्थ पनि बनाओस् । जाडोमा तातो र न्युट्रिशन आहार सेवन गर्नुपर्छ । जसमध्ये लसुन पनि हो । लसुनको गन्ध र स्वाद राम्रो हुन्छ र यसले खानाको स्वाद पनि बढाउँछ । जाडोमा लसुन निकै गुणकारी हुन्छ ।
हेल्थलाइन अनुसार जाडोमा लसुनको सेवनबाट चीसो लाग्ने, घाँटी खसखसाउने, खोकीजस्ता समस्या टाढा राख्न मदत मिल्छ । जाडोमा मानिसको वजन बढ्छ तर लसुनको सेवनबाट वजन घटाउन सकिन्छ । लसुनमा हुने एन्टिअक्सिडेन्टले हाम्रो शरीरलाई डिटक्स गर्न र स्वस्थ मेटाबोलिज्म बढाउन मदत गर्छ ।
लसुनमा हुने एन्टि इन्फेमेटरी प्रोपटिजले रेस्पिरेटरी र फोक्सोको स्वास्थ्यलाई सही राख्न सहायता गर्छ । जाडोमा प्रायः ज्वरो, कन्जेशन र घाँटी खसखसाउने समस्या भएपछि लसुनको नियमित सेवन गर्नुपर्छ । लसुनले हाम्रFे छाला र कपालको स्वास्थ्य पनि सही बनाउँछ साथै मुटुरोगमा पनि फाइदाजनक हुन्छ । यदि लसुन काँचै खान सक्नुहुन्न भने यसलाई महमा मिसाएर खान सकिन्छ । साथै तरकारीको झोलमा मिसाएर पनि यसको सेवन गर्न सकिन्छ ।