भारत, बिहारको गोपालगंजमा आमाले हपारेपछि रिसाएर गुड्डु नामक एकजना युवकले क्षयरोगको २४ वटा चक्की खाए त्यसपछि उनी बेहोश भए । परिवारले उनलाई सदर अस्पतालमा भर्ना गरेको छ, उनको इमर्जेन्सीमा उपचार भइरहेको छ ।

भनिन्छ गुड्डुलाई अनलाइन गेमको लत लागेको थियो, यसका लागि उनकी  आमाले उनलाई हपारिन् । गुड्डुले रिसाएर मोबाइल फोडिदिए । त्यसपछि बहिनीको मोबाइलमा गेम खेल्न थाले । बहिनीले विरोध गरेपछि बहिनीलाई कुट्न थाले । शनिवार गुड्डुकी बहिनीले आमालाई सबै कुरा बताएपछि आमाले उनलाई निकै हपारिन र मोबाइल छिनिन् । यस कुराबाट गुड्डु निकै रिसाए र घरमा राखेको क्षयरोगको २४ वटा चक्की खाइदिए । क्षयरोगको औषधि खाएपछि उनको अवस्था बिग्रिन थाल्यो, तत्काल उनलाई अस्पतालमा भर्ना गरियो । उनको उपचार भइरहेको छ ।

घटनापछि सदर अस्पतालका चिकित्सा पदाधिकारी डा सनाउल मुस्तफाले भने– मोबाइलमा अनलाइन गेम खेल्नु खतरनाक हुँदै गइरहेको छ । हालै यस प्रकारको केस सदर अस्पतालमा आइरहेको छ, यस्तोमा चिकित्सकले अभिभावकलाई आफ्ना बालबालिकालाई मोबाइल गेमबाट टाढा राख्न अपील गरेका छन् । विशेषगरी बच्चामा मोबाइलको लत ठूलो समस्या बन्दै गइरहेको छ जसले गर्दा बच्चाहरू आक्रामक र झन्कने स्वभावका हुँदै गइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here