ओमप्रकाश चौधरी, सेढवा, ११ मङ्सिर/

पर्साका ग्रामीण किसानहरूको खेतीपातीमा कार्य व्यस्तता बढेसँगै सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको उपस्थिति कम हुन थालेको छ ।

जीराभवानी, पटेर्वासुगौली, जगरनाथपुर, धोबिनी, सखुवाप्रसौनी, छिपहरमाई गाउँपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीहरूको उपस्थिति न्यून छ । गण्डक नहरदेखि दक्षिणी भेगका किसान धानबाली कटानी गरी बोझा बनाउने, दाइँ गर्ने कार्यमा व्यस्त छन् । बालबालिकाहरूले घरको काममा सघाउनुपरेकाले विद्यालय जान छाडेको धोबिनी गाउँपालिका–३ का किसान हरिशङ्कर पटेलले बताए ।

पाँच/सात दिन कामको चटारो हुने हुँदा अभिभावकहरूले बालबालिकालाई विद्यालय पठाउन नसकेको उनको स्पष्टोक्ति छ । घरआँगनको सरसफाइ, बाख्रा चराउने, भाइबहिनीको रेखदेख, पशुपक्षी हेर्ने, खाना पकाउने र खेतमा रहेका अभिभावकलाई खाना, नास्ता पु¥याउनेलगायतका घरेलु काममा व्यस्त भएकाले बालबालिकाहरू विद्यालय जान नसकेका हुन् ।

यसका साथै गाउँघरमा अहिले बिहेवारीको लगन हुँदा देखौवा, छेकालगायत भोजभतेरका कार्यक्रममा सहभागी हुनुपरेकाले पनि बालबालिकाहरू विद्यालय जान सकेका छैनन् । अहिले यस भेगका सामुदायिक विद्यालयहरूमा ५० प्रतिशतसम्म विद्यार्थी सङ्ख्या कम भएको नेरामावि भिखमपुरका शिक्षक अशोक साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here