काठमाडौं, ११ मङ्सिर/रासस

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग २–१ गोलअन्तरले पराजित अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेशका लागि आजको खेल जित्नुपर्ने बाध्यता थियो । जीतसँगै अर्जेन्टिनाले तीन अङ्क जोड्दै समूहमा दोस्रो स्थानमा उक्लिएको छ ।

आजको खेल पहिलो हाफमा बराबरीमा टुङ्गिएको थियो । खेलको दोस्रो हाफ अर्थात् ६४औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने खेलको ८७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै जीत सुनिश्चित गरे ।

मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकपको आशा जीवितै

शनिवार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जीत निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ ।

कतारमा समूह ’सी’को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिवारको खेल पनि हारेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुन सक्ने थियो ।

खेलको ६४औं मिनेटमा २० मिटर टाढाबाट गोल गर्दै अर्जेन्टिनाका लागि गोल गरेका थिए भने एन्जो फर्नान्डिजले दोस्रो गोल थपेका थिए ।

मेस्सीले विश्वकप आफ्नो पहिलो खेलमा भएको हारले कठिन भएको बताउँदै भने, “पहिलो खेलमा हामीलाई घाटा भयो । हामीलाई थाहा थियो कि हामीले आज जित्नै पर्छ, हाम्रोलागि अब बल्ल विश्वकप शुरू हुँदैछ ।” मेक्सिकोले राम्रो खेलेको कारण गोल गर्न निकै कठिन भएको उनको भनाइ थियो ।

मेस्सीले गरेको गोलले उनले अर्जेन्टिनाका लागि विश्वकपमा आठ गोल र २१ खेलमा उपस्थिति जनाउँदै स्व डिएगो म्याराडोनाको बराबरी गरेका छन् ।

अर्जेन्टिनाले म्याराडोनाको मृत्युको दोस्रो वार्षिकी मनाएको एक दिनपछि यो जीत निकालेको हो ।

सातपटकका बालोन डी’ओर विजेता मेस्सीबाहेक सबैका लागि यो अवसर प्राप्त भएको जस्तो देखिने खराब र तनावपूर्ण भिडन्तमा यी गोलहरू गुणस्तरका दुर्ई दुर्लभ क्षणहरू थिए ।

तर अर्जेन्टिनाले नकआउट चरणमा स्थान पक्का गर्न अझै पनि समूह चरणको अन्तिम खेल पोल्यान्डविरुद्ध जित्नैपर्ने हुन्छ ।

मेस्सीले भने, “हामी अहिले छोड्न सक्दैनौं । अब हरेक खेल फाइनल हो, हामी कुनै गलती नगरीकन खेल्नेछौं ।”

फ्रान्स विजयी

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ ।

दोहास्थित ९७४ रङ्गशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

फ्रान्सको जीतमा किलियन एमबाप्पेले दुर्ई गोल गरे । खेलको दोस्रो हाफको ६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाए । त्यसको केही बेरमा नै डेनमार्कले बराबरी गोल गर्न सफल भयो । खेलको ६८औ मिनेटमा डेनमार्कका लागि आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ८६औ मिनेटमा फ्रान्सका लागि एमबाप्पेले दोस्रो गोल गर्दै जीत सुनिश्चित गरे । फ्रान्सले दुई खेलमा छ अङ्क जोडेको छ । यसै समूहमा रहेका अस्ट्रेलियासँग तीन तथा डेनमार्क र ट्युनिसियाको समान एक/एक अङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here