कोलम्बो, १० मङ्सिर/सिन्ह्वा
श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिवार पत्रकारलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपाय अपनाउने बताएका छन् ।
श्रीलङ्काले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको सामना गरिरहेको छ । कुनै बेला दैनिक १३ घण्टासम्मको बिजुली कटौती भएको थियो । जुन अहिले दिनको लगभग दुई घण्टामा घटेको छ ।
मन्त्रीका अनुसार सरकारले पछिल्ला केही महीनामा विद्युत् कटौतीलाई ठूलो मात्रामा कम गर्न कदम चालेका छन् ।
हरेक वर्ष माघ र असार महीनामा विद्युत् महसूल परिमार्जन गर्नु उपयुक्त हुने भन्दै उनले विद्युत् महसूल परिमार्जन नगरी त्यसो गर्न नसकिने बताएका छन् ।
मन्त्रीका अनुसार उनीहरूले सन् २०२३ मा नवीकरणीय ऊर्जालाई बढावा दिने योजना पनि बनाएका छन् र यो श्रीलङ्काका लागि ऊर्जाको उत्तम स्रोत पनि हो । रासस