नितेश कर्ण, वीरगंज, ९ मङ्सिर/
मानव बेचबिखनविरुद्ध एकाइ मिशन मुक्ति फाउन्डेशन, उद्धार फाउन्डेशन, बाल कल्याण समिति, महिला थाना बेतिया, लौरिया थाना र चाइल्ड लाइन बेतियाले आसामकी एक नाबालिकालाई बेतियाबाट मुक्त गराएका छन् ।
विवाह गराइदिने प्रलोभन दिएर आसामबाट युवती ल्याएको भनी पीडित बालिकाका अभिभावकले दर्ता गराएको एफआइआर अनुसार अनुसन्धान गर्दा आसामकी एकजना बालिकाको खोजी गर्न गरिएको छापामारीमा भारतको विभिन्न स्थानका १३ जना नाबालिकाको उद्धार भएको इन्सपेक्टर मनोज शर्माले बताए ।
छापामारीको क्रममा एकजना नेपाली बालिकाको पनि उद्धार भएको उनले बताए ।
मानव बेचबिखनविरुद्ध एकाइ मिशन मुक्ति फाउन्डेशनको अगुवाइमा रेस्क्यु फाउन्डेशन, बाल कल्याण समिति, महिला थाना बेतिया, एएचटीयु बेतिया, लौरिया थाना र चाइल्ड लाइन बेतियाले शङ्कास्पद आश्रयस्थलमा छापा मारेको र १३ जना नाबालिगसहित एकजना नेपाली नाबालिकाको उद्धार गरिएको इन्सपेक्टर शर्माले बताए । उनले बेतियाको विभिन्न शङ्कास्पद क्षेत्रमा छापामारी गरिएको सो क्रममा एक स्थानमा बन्धक बनाएर राखिएकी एकजना नेपाली बालिका र १३ जना भारतीय नाबालिकाको उद्धार गरिएको जानकारी गराए ।