प्रस, वीरगंज, ९ मङसिर/
वीरगंज उपमहानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महिला हिंसालगायत सामाजिक हिंसा पहिले आफ्नो घरबाट हटाउने प्रयास गर्नुपर्ने बताएका छन् ।
सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्ध अभियान भन्ने नाराका साथ, आजदेखि शुरू भएको महिला हिंसाविरुद्ध १६ दिने अभियानको शुक्रवार उद्घाटन गर्दै उपप्रमुख आलमले महिला हिंसा घरबाट हटाउन सके ठूलो उपलब्धि हुने बताए ।
वीरगंज महानगरपालिकाको आयोजनामा घण्टाघरबाट निस्केको ¥याली नगरपरिक्रमा गरी सोही स्थानमा कोणसभा गरेर सकिएको थियो । ¥यालीमा सहभागी विभिन्न सङ्घ संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्यार्थीहरूले घरेलु हिंसा बन्द गर, घरैदेखि शुरू गरौं, महिला हिंसा बन्द गरौं, महिलामाथि हुने हिंसा बन्द गर, कागजमा दिएको समानता व्यवहारमा लागू गर जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।