प्रस, वीरगंज, २ मङ्सिर/

करोडौं मूल्य पर्ने एकीकृत सम्पत्तिमा काकालाई झुक्याइ भतिजाहरू मोज गरिरहेको समाचार छ। यो घटना बहुदरमाई नगरपालिका–४ डकैलाको हो। काका निरक्ष्Fर रहेको तथा भतिजाहरूमाथि विश्वास गर्ने हजारी पडितको एकीकृत सम्पत्तिमा जालसाजी सबै सम्पत्ति भतिजाहरूले आफ्नो नाममा गराएको हजारीको भनाइ छ।

भतिजा जङ्गबहादुर पडित, बमबहादुर पडित, नागेन्द्र पडित, राजेन्द्र पडित, ब्रह्मानन्द पडित मिलेर सबै सम्पत्ति आफ्नो नाममा गराएको हजारीले बताए।

तीनजना आमाबाट एक/एकजना सन्तान दाजुभाइ हजारी पडित, नारायण पडित, सिंगासन पडित हुन्। हजारीबाहेक दुईजना भाइको मृत्यु भइसकेको छ। भतिजाहरूले उनीहरूको सम्पति गोप्य तरीकाले आफ्नो नाममा गरेको हजारीले बताए।

हजारीका बुबा स्व लक्ष्मी पडितले आफ्नो जीवनकालमा २०४५/२/३२ मा अदालतबाट अंशबापत चार भागको दुई भाग अन्दाजी आठ बिघा जग्गा हजारी पडितले पाएका थिए। तर अंशबापत पाएका जग्गा हजारीले खनजोत गरे पनि जग्गा आफ्नो नाममा दर्ता गराएका थिए। हजारीबाहेक दाजुभाइको मृत्युपछि भतिजाहरूले जालसाजी गरी २०६० सालमा आफ्नो नाममा दर्ता गराएको सूचना २०७८ सालमा हजारीले थाहा पाएपछि उनी अक्क न बक्क भएका थिए।

१८ वर्षपछि हजारीले भतिजाहरूको कर्तुत थाहा पाएपछि उनी केही महीनाअघि भतिजाविरुद्ध जिल्ला अदालत पर्सामा नामसारी बदर, जालसाजी मुद्दा दिएपछि अहिले भतिजाहरूले उत्पात मचाएको उनले बताए। उनले आफ्नो भागमा परेको जग्गामा धान रोपे पनि भतिजाहरूले धानबाली लैजान रोक लगाएको बताए। कात्तिक २९ गते राति स्थानीय हरिनारायण साहको कम्बाइन मेशिन लगी एकै रातमा चार बिघाको धान काटेर लगेको हजारीले आरोप लगाए। आफू निरक्षर रहेको र घरमा परिवार सङ्ख्या थोरै रहेको कारण पनि भतिजाहरूको ठूलो परिवारबाट बेलाबखत आक्रमण हुने गरेको उनले आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here