प्रस, वीरगंज, ३० कात्तिक/

जसपा–एमाले गठबन्धनबाट पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट उम्मेदवार जालीम मियाँविरुद्ध वाम लोकतान्त्रिक गठबन्धनबाट सोही क्षेत्रमा उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार रमेश रिजालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आचारसंहिता उल्लङ्घन भएको भनेर उजूरी दर्ता गराएका छन् ।

मियाँले पहाडिया–मधेसियाको कुरा गरेर आफ्नो क्षेत्रमा रहेका अल्पसङ्ख्यक पहाडी समुदायमाथि प्रहार गरेको भनेर निजविरुद्ध उजूरी गरेका हुन् ।

आरोपित मियाँले प्रतीकलाई आफूले साम्प्रदायिक कुनै कुरा नगरेको तर राजनीतिक प्रतिशोधबाट आफूविरुद्ध निर्वाचनको मुखमा बदनाम गर्ने प्रयास भएको सफाइ दिए । मियाँले पहाडिया–मधेसियाको कुरा गरेको भिडिओ क्लिप बुधवार सार्वजनिक भएपछि उनका प्रतिद्वन्द्वी रिजालले निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति आएको भनेर उजूरी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here