नितेश कर्ण, वीरगंज, ३० कात्तिक/
कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत खरीद गरेको ३० हजार मेट्रिक टन युरिया मल वीरगंज आउने क्रम शुरू भएको सो कार्यालयका प्रवक्ता आलोक कुमारले बताए ।
उनले कम्पनीले ग्लोबल टेन्डरमार्फत इन्डियन पोटास लिमिटेडसँग खरीद गरेको ३० हजार मेट्रिक टन मलमध्ये २२ हजार ५०० मेट्रिक टन मल वीरगंज आउन शुरू भएको बताए । उनले कात्तिक २४ गतेदेखि मल आउन शुरू भएको जानकारी गराए ।
प्रवक्ता कर्णले १२ हजार मेट्रिक टन मल कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय वीरगंजमा आउने र साढे १० हजार मेट्रिक टन मल प्रादेशिक कार्यालय, भैरहवामा भण्डारण हुने बताए ।
उनले वीरगंजका लागि आएको मल रक्सौलमा भण्डारण भएको जानकारी गराए । तत्काल दुई ¥याक (पाँच हजार बोरा) मल रक्सौल आइपुगेको र विभिन्न जिल्लाहरूमा पठाउने क्रम पनि शुरू भएको बताए ।
प्रवक्ता आलोकले यसपालि गहुँबालीको लागि मलको अभाव नहोस् भनेर समयमैं मल मगाएको र गहुँखेती गर्ने किसानहरूलाई उपलब्ध गराइने बताए ।
यसैगरी, उनले भारतसँग जिटुजीमार्फत ३० हजार मेट्रिक टन युरिया मल ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी गराए ।