प्रस, वीरगंज, २७ कात्तिक/
शिखर इन्स्योरेन्सको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
रक्तदान कार्यक्रममा एकजना महिलासहित ५३ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा श्रीराम पटेल, बृजेश यादव, पवल साह तेली, चन्दन श्रीवास्तव, मुकेश गिरी, रोशनी कर्ण, सानु बैठा, राजेशकुमार सहनीलगायत पन्टर ११ क्रिकेट टीम, बीमा प्राधिकरणका कर्मचारी र अन्य बैंक तथा इन्स्योरेन्सका कर्मचारीहरूले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तसञ्चार केन्द्रबाट सौरभराज पाण्डेयको टोलीले प्राविधिक सहयोग गरेको रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए ।