प्रस, बिरुवागुठी, २६ कात्तिक/

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं अनुशासन विभाग प्रमुख आनन्द ढुङ्गानाले संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् ।

पर्सागढी नगरपालिका–३ को खेलमैदानमा वाम लोकतान्त्रिक गठबन्धन पर्सागढी नगरस्तरीय कार्यकर्ताको चुनावी भेलामा नेता ढुङ्गानाले सो क्षेत्रबाट गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका अजय चौरसिया र प्रदेशसभा सदस्यमा श्याम पटेललाई मतदान गर्न आग्रह गरे ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसियाले आफू २०५६ सालमा निर्वाचित भएपछि विकास निर्माणका कार्य गरेको दाबी गरे । त्यसपछि मधेसीको नाम बेचेर विजयी भएकाले सिन्को पनि नभाँचेको बताए ।

पर्सागढी नगर कमिटीका संयोजक विश्वमोहन दास थारूको अध्यक्ष्Fतामा भएको चुनावीसभामा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव नागेन्द्र चौधरी, केन्द्रीय सदस्य रामचन्द्र साह, बालगोपाल थापा, माओवादीका केन्द्रीय सल्लाहकार रामाश्रय राम, क्षेत्रीय इन्चार्ज अमिताभ बच्चन दास, पर्सागढी नपाका पूर्वनगरप्रमुख लोकनारायण यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here