नितेश कर्ण, वीरगंज, २३ कात्तिक/

पर्सेली किसानहरू अहिले अगहनी धान भिœयाउँदै छन् । भदैया धान भिœयाएका किसानहरूलाई अहिले अगहनी धान भित्रयाउने चटारो छ ।

यसै बखत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आएकोले धेरैजसो किसान चुनावमा आकर्षित हुन सकेका छैनन् । कतिपय उम्मेदवारहरू चुनाव प्रचारको क्रममा धान कटानी गरिरहेका किसानसँग मत माग्न खेतमैं पुगिरहेका छन् । अहिले सोना मन्सुली र मोटरी मन्सुली जातका धानहरू भित्रयाउँदै गरेको किसानहरूले बताए ।

पर्सागढी नपा–१ भटनीका एकजना किसानले अहिले धान कटानी, दौनीमा सहज भएको बताए । हार्भेस्टरले धान काट्दा दौनी गर्न नपर्ने बताए ।

पशु भएकाहरूले बाहेक अहिले यस क्षेत्रका अधिकांश किसानले आफ्नो खेतमा हार्भेस्टर प्रयोग गरेर धान काट्दैछन् ।

हार्भेस्टरले धानको बाला काट्दा पराल नबन्ने हुँदा पशुपालन गरेका किसानहरू भने मजदूर लगाएर धानबाली भित्रयाउँदैछन् ।

धानबाली भित्रयाएका किसानहरूलाई अहिले धान बिक्रीका लागि बजारसम्म पनि धाउनुपरेको छैन । व्यापारीहरू धान खरीद गर्न खेत र घरसम्म पुग्ने गरेका छन् ।

बजारसम्म ल्याइ पु¥याएर व्यापारीको मनोमानी दरमा बिक्री गर्दा घाटा हुने तर खेत, घरसम्म आएका व्यापारीसँग मोलमोलाइ गरेर धान बिक्री गर्दा भनेजस्तो मूल्य प्राप्त भएको एकजना किसानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here