कम्पाला, १८ कात्तिक/सिन्ह्वा
इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगान्डाको सरकारले जनाएको छ । युगान्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसका विरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको छ ।
युगान्डाका स्वास्थ्यमन्त्री मार्गरेट मुहाङ्गाले बिहीवार यहाँको संसद्मा बोल्दै यहाँ इबोलाको प्रकोपका विरुद्धमा लड्न सो रकम आवश्यक रहेको जानकारी दिएकी हुन् । उनले पछिल्लो समयमा इबोलाको प्रकोपले देशको स्वास्थ्य क्षेत्रलाई नै चुनौती दिन थालेको भन्दै यसका लागि सो रकम आवश्यक परेको र यसबाट इबोलाको औषधि उपचारका लागि अन्य स्वास्थ्य संरचनाहरू निर्माण गर्नुपर्ने अवस्था रहेको जानकारी संसद्मा जानकारी दिएकी हुन् ।
हालैमात्र विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनाम ग्याब्रेसियसले पनि युगान्डा र यसका छिमेकी देशहरूमा इबोलाको प्रकोप बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि रकम आवश्यक रहेको जानकारी ट्वीट गरेर दिएका थिए ।
यसअघि युगान्डाको सरकारले पनि देशको ठूलो मात्राको बजेट इबोला नियन्त्रणका लागि खर्च भइसकेको तर अझै महामारी नरोकिएकोले ठूलो रकम आवश्यक रहेकाले सहयोगका लागि विश्व समुदायसँग आग्रह पनि गरेको थियो । रासस