प्रस, सेढवा, १५ कात्तिक/

ठोरी गाउँपालिका–३ स्थित शिकारीवासका सर्वसाधारण मत माग्न आउने नेताहरूको पर्खाइमा रहेका छन् ।

मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुनै पनि राजनीतिक दलका उम्मेदवार मत माग्न नआएको शिकारीवासका मतदाताहरूले गुनासो गरेका छन् । उम्मेदवारहरू आआफ्नो घोषणापत्रसहित मत माग्न नआउँदा स्थानीयहरूले गाउँ तथा समुदायका समस्याहरू राख्न नपाएको स्थानीय युवा शिवजनम चौधरीले गुनासो गरे । ५५ घरधुरी रहेको शिकारीवासमा शिक्षा, स्वास्थ्य, सडक, तथा जङ्गली जनावरको आक्रमण लगायतका समस्या समाधानका लागि  जानकारी गराउन यहाँका स्थानीयहरू उम्मेदवारहरूको पर्खाइमा रहेको चौधरीले बताए । पर्साको सदरमुकाम वीरगंजबाट करीब ५० किलोमिटर उत्तर–पश्चिममा रहेको पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको दोसाँधमा जङ्गलको बीचमा यो गाउँ रहेको छ । थारू बाहुल्यता भएको यस गाउँमा करीब २५० जना मतदाता छन् ।

पर्सा निर्वाचन क्षेत्र नं ४ मा पर्ने यस गाउँमा अन्य गाउँ जस्तो राजनीतिक दलका झन्डा लगाइएको र पर्चा, पम्पलेट बाँडिएको छैन । यस निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका नौजना र प्रदेशसभा सदस्यका १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here