प्रस, वीरगंज, १६ कात्तिक/

वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी सदस्यहरूको आआफ्ना पत्नीसहितको जम्बो टोली बुधवार सिङ्गापुर र भियतनाम प्रस्थान गरेको छ । सङ्घका अध्यक्ष सुबोध गुप्ताले विज्ञप्ति जारी गरी ३६ जनाको टोली सिङ्गापुर र भियतनामको लागि आज प्रस्थान गरेको बताएका छन् ।

उनले भ्रमणका क्रममा द्वीपक्षीय व्यापार प्रवद्र्धन गर्ने, निर्यात परिमाण वृद्धि गर्ने, निर्यातका लागि वस्तुहरूको पहिचान गर्ने, संस्थागत सम्बन्ध विस्तार गर्ने, दुई देशका उद्योगी–व्यवसायीसँग बिटुबी मिटिङ गरी वैदेशिक लगानीको लागि आग्रह गर्ने, अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने भ्रमणको उद्देश्य रहेको प्रस्ट्याएका छन् ।

उनले सिङ्गापुरले अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीमा गरेको प्रगति र भियतनामले सूचना प्रविधिमा गरेको प्रगति नेपालमा लागू गर्नको लागि त्यस्ता सूचना प्रविधिको बारेमा बुझ्ने, सो ठाउँमा रहेका अFैद्योगिक पार्कहरूको अवलोकन गरी त्यहाँ उत्पादनको लागि अपनाइएका प्रक्रियाबारे अध्ययन गर्ने, सिङ्गापुर र भियतनामका उद्योग वाणिज्य सङ्घसँग छलफल गर्ने अध्यक्ष गुप्ताले जानकारी गराएका छन् ।

वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल र द्वितीय उपाध्यक्ष हरिप्रसाद गौतमले आज भ्रमणमा निस्किएका टोलीलाई फूलमाला, खादा लगाएर बिदाइ गरेका थिए ।

सङ्घ स्रोतका अनुसार पदाधिकारी सदस्यहरूको भ्रमण खर्चका लागि सङ्घको कोषबाट ३७ लाख निकासा गरिएको छ भने पत्नीहरूको खर्च पदाधिकारी सदस्यहरूले स्वयम् बेहोर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here