चिरञ्जीवी सापकोटा, ठोरी, १६ कात्तिक/

ब्रह्मज्योति युवा क्लबद्वारा आयोजित प्रथम ब्रह्मज्योति गोल्डकप नकआउट फूटबल प्रतियोगिताको बुधवार सेमिफाइनल चरणको खेल सम्पन्न भएको छ । एकै दिन सम्पन्न दुई सेमिफाइनल खेलमध्ये पहिलो खेलमा निर्मल समाज क्लबले जनचेतना युवा क्लबलाई पराजित गरी फाइनलमा प्रवेश गरेको छ । निर्मल समाजका सुमन चौधरी र विशेष तामाङले एक/एक गोल गरेका थिए भने जनचेतना युवा क्लबका किरण राउतले एक गोल मात्र गर्न सके । जीतसँगै निर्मल समाज फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलको ‘म्यान अफ दी म्याच’ निर्मलका अश्विन घिमिरे घोषित भए ।

यसैगरी, दोस्रो सेमिफाइनल खेलमा अगम युवा क्लब शिकारीवास विजयी भएर फाइनलमा प्रवेश गरेको छ । अगमका कृपा चौधरीले गरेको दुई गोल दोस्रFे सेमिफाइनलको निर्णायक भयो । ब्रदर्स एफसी ठोरीलाई दुई गोलअन्तरले पराजित गर्दै अगम युवा क्लब शिकारीवास फाइनलमा प्रवेश गरेको हो । यो खेलको ‘म्यान अफ दी म्याच’ चौधरी घोषित भए । आयोजक क्लबका अध्यक्ष पन्नालाल विष्टले फाइनल खेल कात्तिक १८ गते शुक्रवार हुने बताए ।

यसअघि हिजो मङ्गलवार भएको अन्तिम क्वाटरफाइनल खेलमा ब्रदर्स एफसी र निर्मल समाज क्लब विजयी भएका थिए । पहिलो क्वाटरफाइनलमा ब्रदर्स एफसी ठोरीले सुवर्ण युवा क्लब ठोरी सुवर्णपुरलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको थियो । ब्रदर्स एफसीका सुजन श्रेष्ठ र राजीव रानामगरले समान एक/एक गोल गरे ।

दोस्रो तथा अन्तिम क्वाटरफाइनल खेलमा निर्मल समाज क्लब, ठोरीले चौतारी युवा क्लब, ठोरी गडुवालाइनलाई शून्यका विरुद्ध पाँच गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । निर्मल समाज क्लबका रितेश क्षेत्री र विशेष तामाङले दुर्ई/दुर्ई गोल गरे भने सतीश तामाङले एक गोल गरेका थिए ।

अध्यक्ष विष्टले प्रतियोगितामा २० वटा क्लब सहभागी भएको र विजेतालाई रु एक लाख पाँ हजार तथा उपविजेतालाई ५३ हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने बताए । सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई फाइनलमा चाँदीको जुत्ता उपहार दिइने अध्यक्ष विष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here