प्रस, वीरगंज, ६ कात्तिक/

वीरगंजको घण्टाघरको घडी फेरि बिग्रिएको छ । सधैं बिग्रिरहने सो घडी बनाउन महानगरले बर्सेनि लाखौं रूपैयाँ खर्च गर्ने गरेको छ । वीरगंजको आकर्षण र मुख्य स्थानमा रहेको सो घडीले अहिले गलत समय बताउने गरेको छ ।

महानगरपालिकामा धेरैजना प्राविधिक भए पनि उनीहरूको लापरवाहीको कारण घडी बिग्रिएको एकजनाले गुनासोगरे । चाडपर्वमा महानगरले वारूणयन्त्रको सहयोगबाट घण्टाघर धुने गर्छ । सो घडी धुने क्रममा घडीभित्र पानी पसेर बिग्रिएको बताइन्छ ।

घण्टाघरको सफाई गर्ने क्रममा पानीको दबाव र विद्युतीय उपकरणमा पानी पसेपछि घडी बिग्रिएको बताइन्छ । गत असार मसान्तमा सो घडी मरम्मत गर्न रू सात लाख खर्च भएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here