कावासोती, २ कात्तिक/रासस
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मङ्गलवार सम्पन्न कुश्ती प्रतियोगितामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन बनेको छ ।
त्रिभुवन आर्मी क्लब कुश्तीको महिलातर्फ विभिन्न १० तौल समूहमा पाँच स्वर्ण र पुरुषतर्फ एक स्वर्ण गरी छ स्वर्ण, तीन रजत र पाँच कांस्य पदकसहित १४ पदक जितेर कुश्तीतर्फ टीम च्याम्पियन बनेको हो ।
त्यसैगरी, नौ पदकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमले विभिन्न तौल समूहमा पाँच स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेर कुश्तीमा दोस्रो बन्न सफल भएको हो । सुदूरपश्चिमले पाँच स्वर्ण महिला कुश्तीतर्फको विभिन्न तौल समूहमा जितेको हो ।
कुश्तीमा अर्को विभागीय टोली एपिएफ चार स्वर्ण, दुई रजत र चार कांस्य गरेर १० पदकसहित कुश्तीको पदकतालिकाको तेस्रो स्थानमा रहेको छ ।
कुश्तीको पदकतालिकामा मधेस प्रदेश तीन स्वर्ण, दुई रजत र छ कांस्यसहित ११ पदकका साथ चौथो स्थानमा रहेको छ । मधेस प्रदेशका लागि ६१ किलो तौल समूहमा अमेरशकुमार यादव, ८६ किलो तौल समूहमा लालबहादुर यादव र १२५ किलो तौल समूहमा राज यादवले स्वर्ण जितेका छन् ।
अर्काे विभागीय टीम नेपाल प्रहरीले एक स्वर्ण, सात रजत, छ कांस्यसहित १४ पदक, लुम्बिनी प्रदेशले एक स्वर्ण, एक रजत र एक कांस्यसहित पाँच पदक, प्रदेश नं १ ले तीन रजत र चार कांस्यसहित सात पदक र गण्डकी प्रदेशले एक रजत र पाँच कांस्यसहित छ पदक हात पारे भने वाग्मती र कर्णाली प्रदेश पदकविहीन बने ।
कुश्तीमा महिला र पुरुषतर्फ गरी विभिन्न तौल समूहमा २० स्वर्ण पदकका लागि खेल भएका थिए । असोज २९ गतेदेखि कावासोती–१६ मा रहेको थारू राष्ट्रिय सङ्ग्रहालयको हलमा भएको थियो ।
प्रतियोगितामा ५९ महिला र पुरुष ९१ गरी १५० खेलाडी सहभागी भएका थिए ।
एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ ।
पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछाडि पार्दै स्वर्णपदक जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गरिन् ।
स्वर्ण पदक जितेकी सन्तोषीले राष्ट्रिय कीर्तिमानको लक्ष्य राखेको भएपनि चोटको कारण पूरा गर्न नसकेको बताइन् । महिला पाँच हजार मिटरमा कान्छीमाया कोजुको नाममा रहेको १६ मिनेट ४९.५९ सेकेन्डको कीर्तिमानी छ ।
त्यसैगरी, यसअघि भएको दश हजार मिटर दौडमा पनि सन्तोषीले स्वर्ण पदक जितेकी थिइन् ।
यसैगरी, आजै भएको एथलेटिक्सको पुरुष चार सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारूले स्वर्ण पदक हात पारेका छन् । उनले निर्धारित दूरी ५३.५३ सेकेन्ड समय खर्चदै पूरा गरे ।
त्यस्तै, एथ्लेटिक्सको महिला आठ सय मिटर दौडमा एपिएफ क्लबकी फूलमती रानाले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी दुर्ई मिनेट २७.३६ सेकेन्ड समय खर्चदै स्वर्ण जितेकी हुन् । आजै भएको पुरुष आठ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जिते । सोमले निर्धारित दूरी एक मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
आर्चरीमा चार स्वर्णसहित गण्डकी अग्रस्थानमा
नवौं राष्ट्रिय खेलकूद अन्तर्गत आर्चरी प्रतियोगितामा गण्डकी अग्रस्थानमा छ । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुर्ई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । आर्चरीमा तीन विधामा कुल १३ स्वर्णमध्ये सात स्वर्णको छिनोफानो मङ्गलवार भएको हो ।
गण्डकीले थप दुर्ई रजत जित्यो भने एउटा कांस्य हात पार्न सक्यो । आर्मीले थप चार कांस्य पदक प्राप्त गरेको छ । एपिएफले एक रजत, दुर्ई कांस्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक कांस्यमा सीमित रहँदा प्रदेश १ ले एक रजत र सुदूरपश्चिमले एक रजत जित्न सक्यो ।
पौडीमा आर्मी २० स्वर्णसहित पहिलो
नवौं राष्ट्रिय खेलकूद अन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नौ रजत र सात कांस्यसहित ३६ पदक जित्दै च्याम्पियन बनेको हो ।
एनआरएनए नौ स्वर्ण, छ रजत र एक कांस्यसहित १६ पदकसहित दोस्रो र एपिएफ तीन स्वर्ण, चार रजत र ६ कांस्यसहित १३ पदकसहित तेस्रो भयो । प्रतियोगिताको अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । महिला ४०० मिटर फ्रिस्टाइलमा दुवाना लामाले स्वर्ण जितेकी हुन् । उनले चार मिनेट ४३.९२ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन् । त्यस्तै, पुरुष चार सय मिटरमा एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले चार मिनेट ३५.३६ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।
ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको कीर्तिमान
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।
पोखरा रङ्गशालामा आज भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । आर्मी क्लबकी लक्ष्मी थारूले नेपालमा नै भएको १३औं दक्षिण एशियाली खेलकूद प्रतियोगितामा बनाएको ४५.२७ मिटरको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
टेबलटेनिसमा छ स्वर्णसहित नेपाल प्रहरी टीम च्याम्पियन
नवौं राष्ट्रिय खेलकूद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टीम च्याम्पियन भएको छ । आज सम्पन्न प्रतियोगितामा छ स्वर्णसहित नेपाल प्रहरी टीम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा प्रहरी छ स्वर्ण, दुई रजत र चार कांस्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिस्पर्धीका रूपमा रहेको सशस्त्र प्रहरीले एक स्वर्ण, चार रजत र एक कांस्य पदक पाउँदै दोस्रो स्थान पाउन सफल रह्यो ।
त्यस्तै, वाग्मती प्रदेशले एक रजत र दुई कांस्यसहित तेस्रो स्थान प्राप्त ग¥यो । प्रतियोगितामा आर्मीले दुई कांस्य, एनआरएनएले दुई कांस्य, प्रदेश १ ले दुई कांस्य र गण्डकी प्रदेशले एक कांस्य पदक हात पारेका छन् ।
ज्याभ्लिन थ्रोको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण जिते
नवौं राष्ट्रिय खेलकूद अन्तर्गत एथ्लेटिक्सको ज्याभ्लिन थ्रोको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज भएको खेलमा रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।
एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपिएफलाई स्वर्ण
यसैगरी, एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपिएफ क्लबले स्वर्ण पदक जितेका छन् । महिला रिलेमा आर्मीकी रमिता थारू, सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापा सम्मिलित टोलीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् ।
सोही स्पर्धाको पुरुषतर्फ नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामी सम्मिलित एपिएफ टोलीले ४२.४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो । जीवन चौधरी, विवेक थारू, युवराज विक, डिल्ली महतो सम्मिलित आर्मीले ४२.६० सेकेन्डसहित रजत जित्यो ।
१८५ पदकसहित आर्मी शीर्ष स्थानमा
गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदकतालिकामा फराकिलो अग्रता बनाएको छ ।
आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कांस्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कांस्य गरी कुल १०८ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ ।
यसैगरी, सशस्त्र प्रहरी बलको (एपिएफ)ले ३१ स्वर्ण, ३४ रजत र ५५ कांस्य पदक जितेको छ । उसले हालसम्म कुल १२० पदक जितेको छ । आयोजक गण्डकी प्रदेशले पदकतालिकामा पछिल्लोपटक वाग्मतीलाई पछि पारेको छ । यसअघि प्रदेशमा निरन्तर अग्रता बनाएको वाग्मती अहिले पछि परेको छ । गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कांस्यसहित ६१ पदक जितेको छ । वाग्मतीले १५ स्वर्ण, २८ रजत र ३१ कांस्यसहित ७४ पदक हासिल गरेको छ ।
सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० कांस्यसहित ३२ पदक जित्दा एनआरएनले सात स्वर्ण, सात रजत र चार कांस्य गरी १८ पदक ल्याएको छ । मधेस प्रदेशले पाँच स्वर्ण, सात रजत र १९ कांस्यसहित ३१ पदक, प्रदेश नं १ ले तीन स्वर्ण, १६ रजत र ३२ कांस्यसहित ५१ पदक ल्याएका छन् ।
यसैगरी, लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ कांस्यसहित ३७ पदक जित्दा कर्णाली प्रदेश पदकतालिकाको पुछारमा छ । कर्णालीले हालसम्म एक स्वर्ण, दुर्ई रजत र सात कांस्य गरी १० पदक ल्याएको छ ।
ट्राइयाथलनमा आर्मी र एपिएफलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत ट्राइयाथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एक/एक वटा स्वर्ण जितेका छन् ।
पोखरामा भएको ट्राइयाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारू र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् । महिला चार सय मिटर रिले दौडमा आर्मीलाई स्वर्ण
महिला चार सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितेको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक हात पारेको हो । आर्मीका लागि रमिता गुरुङ, सरस्वती चौधरी, जयरानी थारू र निर्मला थापाले ४९.६० सेकेन्डमा दूरी पार गरेका थिए ।
त्यस्तै, पुरुष चार सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका नीरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामी मगरले ४२.४४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक हात पारेका हुन् ।
साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत साइक्लिङमा विभागीय टीम हाबी भएको छ ।
प्रतियोगितामा नेपाल आर्मीले चार स्वर्ण, एपिएफले दुई स्वर्ण, वाग्मती र गण्डकीले एक/एक स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् ।
कराँतेका सबै इभेन्ट सम्पन्न
नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत पर्वतमा सञ्चालित कराँते इभेन्टका सबै खेल आज सकिएका छन् । कराँतेका विधा अन्तर्गत पुरुष टीम कुमुटेमा सशस्त्र प्रहरी बलका वीरबहादुर तामाङ, सुवास घताने, महमद शेख आलम, विजय श्रेष्ठ, चन्द्र सुनार, सुशील पौडेल र सन्तोष राईले स्वर्ण पदक हात पार्न सफल भएका छन् ।
यस्तै, आजै सम्पन्न भएको महिला टीम कुमुटेमा वाग्मती प्रदेशका रोजिता ढुङ्गेल, रमिता माझी, कोपिला लिम्बू र सोनु श्रेष्ठले टीमलाई स्वर्ण पदक जिताउन सफल भएका छन् ।
१९ इभेन्टमा नौ स्वर्ण पदकसहित नेपाल प्रहरी टीम च्याम्पियनसहित मेडल हात पार्दै प्रगियोगितामा उत्कृष्ट साबित भएको छ ।