प्रस, परवानीपुर, ३० असोज/

नेपाल निर्माण व्यवसायी सङ्घ, पर्साको अध्यक्षमा सुरेशप्रसाद कुर्मी निर्वाचित भएका छन् । सङ्घको नेतृत्व चयनका लागि शनिवार भएको चुनावमा अध्यक्षका अर्का उम्मेदवार दिवाकरप्रसाद पटेललाई २२७ मतान्तरले पराजित गर्दै कुर्मी विजयी भएका हुन् ।

आइतवार बिहान सकिएको मतगणनाको नतीजा अनुसार अध्यक्षमा दिवकारले ५८ मत पाउँदा सुरेशले २८५ मत पाएका थिए । सङ्घको प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र मिश्र २३९ मत ल्याइ विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी हीरालालप्रसाद कुर्मीले १०३ मत ल्याएका थिए । द्वितीय उपाध्यक्षमा अच्छेलालप्रसाद चौरसिया २२९ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबूप्रसाद कुर्मीले १०० मत मात्र पाए । सचिवमा शनि यादव १५८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धीहरू मुकेशप्रसाद कुर्मीले १२३ मत पाएका थिए । सहसचिवमा सञ्जयकुमार कुर्मी १४२ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरू रोशनकुमार सिंहले ११० र धुरेन्द्रप्रसाद कुर्मीले ७४ मत पाएका थिए । कोषाध्यक्षमा राजेश्वरप्रसाद रौनियार २०१ मत ल्याइ विजयी भए । उनका प्रतिस्पर्धी महताब अहमदले ११६ मत ल्याएका थिए ।

सहकोषाध्यक्षमा सदाम हुसेन २०९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजुप्रसाद पटेलले १०३ मत मात्र पाए ।

सङ्घका सदस्यहरूमा अमोद कुमार पटेल १८०, पुरुषोत्तमप्रसाद पटेल १८५, विकासकुमार साह १६६, वीरेन्द्रप्रसाद कुर्मी २१६, मनोजकुमार साह १५७, बृजेशकुमार यादव १८०, पारस ठाकुर २००, दीपेन्द्रप्रसाद सोनार १७५ र सतीशकुमार चौरसिया १५४ मत ल्याएर विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here