प्रस, वीरगंज, २९ असोज/
प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका ओमप्रकाश सर्राफले चुनाव जित्ने दाबी गरेका छन् ।
शनिवार आयोजित चुनावी कार्यक्रममा बोल्दै सर्राफले जनताको सहयोगमा बहालवाला मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीलाई पराजित गर्ने बताए । उनले विभिन्न भ्रष्टाचार मुद्दामा मुछिएका मुख्यमन्त्री राउतलाई यसपालि हराउनैपर्ने बताए । उनले देशभर स्वतन्त्र उम्मेदवारहरूको लहर चलेकोले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
कार्यक्रममा विजय महासेठ, सामाजिक अभियन्ता प्रकाश थारू, गुड्डी जोशी, दुर्गा श्रेष्ठ, जलेश्वर सर्राफ, मनोज साह, जगदीश सर्राफ, गजेन्द्र दासलगायत युवाको सहभागिता थियो ।