प्रस, वीरगंज, २९ असोज/

प्रेस चौतारी, नेपाल पर्साको आयोजनामा शनिवार पर्सा जिल्लाबाट एमालेका उम्मेदवारहरूसँग अन्तक्र्रिया भएको छ ।

नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभाहलमा सम्पन्न अन्तक्र्रियाका वक्ताहरूले एमाले र जसपासँग चुनावी तालमेल भएकोले दुवै पार्टीका उम्मेदवारहरूलाई जिताउने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए ।

मुख्यतः एमालेका उम्मेदवारहरूलाई चौतारीसँग आबद्ध पत्रकारहरूले चुनावी माहौल बनाउन र उनीहरूलाई विजयी गराउन अग्रणी भूमिका खेल्न आग्रह गरिएको थियो ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष् श्याम बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रचार विभागका सदस्य महेश दास, मधेस प्रदेशका इन्चार्ज कमल उपाध्याय, पर्सा–बाराका इन्चार्ज एवं केन्द्रीय सदस्य शत्रुघ्न नेपाल, अच्युत पौडेल, नेपाल पत्रकार महासङ्घका सदस्य केसी लामिछानेले एमालेका उम्मेदवारहरूलाई चुनावमा विजयी गराउन भूमिका खेल्न पत्रकारहरूसँग आग्रह गरेका थिए ।

कार्यक्रममा पर्सा क्षेत्र नं. ३ र ४ बाट प्रतिनिधिसभाका उम्मेदवार राजकुमार गुप्ता, जालिम मियाँ, प्रदेशसभा सदस्यका उम्मेदवारहरू विचारी यादव, हरेराम पटेल, मन्जुर आलम र जयप्रकाश थारू, पर्सा इन्चार्ज प्रभु हजरालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण सचिव राजेन्द्रसिंह नेपालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here