प्रस, वीरगंज, २८ असोज/
वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितिको अगुवाइमा शुक्रवार वीरगंजका विभिन्न होटल, रेस्टुराँहरूको अनुगमन गरिएको छ ।
समितिका संयोजक उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा समितिका सदस्य कन्हैया ठाकुर, शाखा प्रमुख विपिनलाल दास, गुणस्तर तथा नापतौलका प्रतिनिधि आनन्द गुप्ता, जिल्ला प्रशासन कार्यालयका गौरीशङ्कप्रसाद गुप्ता, जिल्ला प्रहरी कार्यालय, पर्साका मीनबहादुर रमौली, वीउवासङ्घका मनोजकुमार दासको टोलीले वीरगंजमा रहेका होटल मेजबानी, क्यापे मोका, होटल बिकानेर, अनमोल, डाउनटाउन पिज्जाको अनुगमन गरेको थियो ।
सो क्रममा क्याफे मोकामा गुणस्तरहीन पाउरोटी भेटियो थियो भने डाउनटाउन पिज्जामा मिति सकिएको पेप्सी फेला परेको थियो । पाउरोटी र पेप्सीलाई पसलअगाडि नष्ट गरिएको बताइएको छ ।