प्रस, वीरगंज, २८ असोज/

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साले भदौ र असोजमा १६ वटा फर्मलाई कारबाई गरेर तीन लाख १५ हजार राजस्व सङ्कलन गरेको छ ।

वाणिज्य कार्यालय, पर्साले जनाए अनुसार विभिन्न सरोकारवाला कार्यालय र संस्थाहरूको सहभागितामा गरिएको अनुगमनमा मूल्यसूची नराखेका, खरीद बिल नदेखाएका र अनुगमनमा असहयोग गरेकासमेत गरी १६ वटा फर्मलाई कारबाई गरिएको जनाएको छ ।

आकर्षण ब्युटीपार्लर, मिलन जनरल स्टोर्स, खड्का कोल्ड ड्रिंक्स, टिबडेवाला इम्पेक्स, नीलाम्बरी, पशुपति भण्डार, फन एन्ड फन, दाजुभाइ चुरा पसल, फेशन आइकन स्टोर्स, पिआर टे«डर्स, लक्ष्मी कस्मेटिक, न्यू समी टे«डर्स, अन्नपूर्ण साडी सेन्टर, लक्ष्मीनारायण वस्त्रालय, राजघराना टे«डर्स र आरके किरानालाई कारबाई गरिएको र तिनीहरूबाट तीन लाख १५ हजार राजस्व सङ्कलन भएको जनाएको छ ।

यी सबै फर्म वीरगंज महानगरपालिका अन्तर्गतका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here