- डा शिवशङ्कर यादव
गताङ्कको बाँकी
गर्भाशयको बीचसम्म पुग्दा शुक्रकीटलाई थाहा हुँदैन कि डिम्ब दायाँ वा बायाँ कता छ । त्यति बेलै डिम्बले एउटा केमिकल छोडेर सूचना दिन्छ–म यता छु । अनि मात्र शुक्रकीट डिम्ब नजीक पुग्छ । यस क्रियामा १५ देखि ४५ मिनट समय लाग्छ । करोडौं शुक्रकीटलाई यस रेसमा पछाडि पारेर केवल ५०० मात्र गर्भाशयको अन्तिम भागसम्म पुग्छन् । त्यसमध्ये पनि २०० मात्र रेस जितेर डिम्ब समीप पुग्छन् । तर एउटा मात्र सौभाग्यशाली डिम्बमा प्वाल पारेर भित्र पस्न सफल हुन्छ । शुक्रकीटको तीन भाग हुन्छ ः हेड, नेक र टेल । टेलले गर्दा त्यो भ्यागुताको बच्चाजस्तै क्रिया गर्दै अगाडि बढ्छ । यसको हेडमा एक्रोसोम हुन्छ, जसले डिम्बको खोल गलाएर प्वाल बनाउँछ । त्यसै छिद्रबाट शुक्रकीट डिम्बको न्युक्लियसमा पुगी स्त्री तŒवसँग समागम गरी बस्छ । शुक्रकीट भित्र पस्नेबित्तिकै डिम्बले आफ्नो खोल यति कडा बनाइदिन्छ कि बाँकी शुक्रकीटले जति कोशिश गरे पनि छेदन गर्नै सक्दैनन् । यही हो गर्भको अचम्भित पारिदिने प्रक्रिया । यही हो प्रकृति र पुरुषको मिलन । डिम्बको भोल्युम शुक्रकीटभन्दा दस मिलियन गुणा बढी हुन्छ । शुक्रकीटको आकारमा हेड ५ माइक्रोमीटर र टेल ५० माइक्रोमी हुन्छ । सबैभन्दा सानो स्पर्म गोहीको ०.०२ माइक्रोमी र सबैभन्दा ठूलो फ्रुटफ्लाईको २ इन्चको हुन्छ जुन उसको शरीरभन्दा २० गुणा बढी हो । मान्छेले यदि एक चोटीमा एक सय मिलियन शुक्रकीट छोड्छ भने भेडाले १०० बिलियन सङ्ख्यामा छोड्छ ।
यही हो गर्भको प्रारम्भिक प्रक्रिया जुन फैलोपियन नलीको एम्पुलामा हुन्छ । त्यसलाई जाइगोट भनिन्छ । एम्पुलाबाट जाइगोट अब गर्भाशयमा आउँछ । गर्भाशयको दायाँ वा बFयाँ कुनै एक दिवालमा एउटा खाल्टोजस्तो बन्छ मानौं मानिसले बिरुवा लगाउन जमीनमा खाडल खनेजस्तै प्रकृतिले गर्भाशयमा खाडल पारिदिएको होस् । त्यस खाल्टोलाई अब एक झिल्लीले कभर गरिदिन्छ । त्यही कभर बीच गर्भ बढ्न थाल्छ । डिम्बमा केवल २३ क्रोमोजोम हुन्छ र शुक्रकीटमा पनि २३ क्रोमोजोम हुन्छ । दुवै मिलेर ४६ क्रोमोजोमसहित अब मान्छे पूर्ण मान्छे वा महिला हुन्छ । महिलामा केवल एक्स–एक्स र पुरुषमा एक्स र वाई दुई प्रकारका क्रोमोजोम हुन्छन् । जब पुरुषको एक्स क्रोमोजोम डिम्बसँग मिल्छ तब महिला बेबी र वाई क्रोमोजोम डिम्बसँग मिल्यो भने पुरुष बेबीको जन्म हुन्छ । यसरी पुरुष वा महिला बेबी जन्म दिन महिलाको कुनै हात हुँदैन किनभने त्यसमा त केवल एकै प्रकारको क्रोमोजोम हुन्छ । त्यसको प्रताडना पुरुषले पाउनुपर्नेमा उल्टै महिलाले पाउँछन् । यो सरासर गलत हो ।
जब गर्भ रहन जान्छ तब महीनावारी रोकिन्छ र गर्भाशयमा जम्मा भएको रगत अब भ्रुणको विकासमा खर्च हुन्छ । तीन महीनामा भ्रुणमा टेस्टेटरोन हार्मोन निस्कन थाल्छ जसले भ्रुणलाई पुरुष बनाउने काम गर्छ । त्यस पहिले पुरुष बेबी र महिला बेबीमा कुनै फरक हुँदैन । १२ हप्ताको भ्रुणलाई इम्ब्रियो, त्यस पछि फिटस र जन्मेपछि नियोनेट भनिन्छ । जन्मँदा बच्चा करीब तीन किलोको हुन्छ । कम वजनको बच्चालाई अन्डरवेट भनिन्छ । सात वा आठ महीनामा जन्मने बच्चालाई प्रिमेच्योर बेबी भनिन्छ । एस्ट्रोजन हार्मोनले महिलाको सम्पूर्ण विकास, प्रोजेस्ट्रोनले गर्भको विकास र आक्सिटोसिनले बच्चा जन्माउन मुख्य भूमिका निर्वाह गर्छ । गर्भाशयमा बच्चा प्लासिन्टाद्वारा आमाकै रगतबाट पोषण प्राप्त गर्छ । प्रोलेक्टिन भन्ने हार्मोनले दूध निकाल्ने काम गर्छ । १५ देखि ४५ मिनट सम्ममा आफैं वा मैन्युअली प्लासिन्टा बाहिर आइसक्नुपर्छ । नभए रगत बगेर आमाको मृत्युसमेत हुन सक्छ । औसत डेलिभरीको बेला लगभग ३५० मिली रगत बग्नु सामान्य हो । पहिलो बच्चाको टाउको तल छैन भने अवश्यम्भावी अपरेशन गर्नुपर्छ जसलाई सिजेरियन सेक्सन भनिन्छ । नयाँ उमेरका कुनैकुनै केटीलाई गर्भ पछि पनि दुई तीन महीना महीनावारी हुन सक्छ । यो स्ट्रोजेनको वेग बढी भएकोले हुन्छ । बच्चा भएपछि ४५ दिनभित्र गर्भाशय पुनः पहिलेको स्थितिमा आउँछ । गर्भको बेला यो नौगुणा भन्दा पनि बढी आकार प्राप्त गर्छ । नर्मल गर्भाशयको आकार ३,२ र १ इन्च हुन्छ । अर्थात् लम्बाइ ३, चौडाइ २ र मोटाइ १ इन्च हुन्छ । यसको वजन ६० ग्राम अथवा १ औंस हुन्छ ।
यदि गर्भ रहेन भने गर्भाशयमा भएको रगत परिपक्व डिम्ब र १००० थप अपरिपक्व डिम्बसहित प्रकृतिले योनिमार्ग बाट बाहिर फ्याँकिदिन्छ । यसरी हरेक २८ दिनमा महीनावरी १५ देखि ४५ वर्षका महिलामा भइरहन्छ । यी उमेरबीचको समयलाई फर्टाइल पिरियड भनिन्छ । शुरूआत भएको महिनावारीलाई मेनार्की र बन्द हुनेलाई मिनोपोज भनिन्छ जसलाई लगभग सबैले जानेका हुन्छन् । दुवैमा महिलामा व्यापक तीता–मीठा शारीरिक परिवर्तन हुन्छ । त्यसको व्यवस्थापन राम्ररी स्वयं वा कहिलेकाहीं चिकित्सकको सल्लाहले गर्नुपर्छ । डिम्बको प्रस्फुटन महीनावारीको शुरूदेखि गिन्ती गरेर १४ औं दिनमा हुन्छ । त्यस बेला शरीरको तापक्रम अलि बढी हुन्छ जसको दिनहुँ नाप गरेर पत्ता लगाउन सकिन्छ । जनावरले यसलाई गन्धले महसूस गरेर ठ्याकै त्यसै दिन मैटिङ गर्छ । तर मान्छे दिनदिनै सम्भोग क्रियामा संलग्न हुनाले पत्तो पाउँदैन । तर ओभ्युलेशनको एक हप्ता अगाडिदेखि एक हप्ता पछिसम्म दिनहुँ सम्भोग ग¥यो भने गर्भ रहने सम्भावना बढी हुन्छ किनभने प्रकृतिमा ठ्याकै निश्चित केही छैन । संसारमा दश प्रतिशत जोडी सन्तान जन्माउन असमर्थ हुन्छ । उनको लागि रोबर्ट एडवर्डले खोज गरेको आइभिएफ थिरैपी वरदान साबित भएको छ । आजभोलि त सेरोगेसीबाट पनि बच्चा पाउने चलन चलेको देखिन्छ । तर मेरो विचारमा यो विल्कुल मान्य विषय होइन ।
प्रजननका लागि कुनै पनि प्रकारले शुक्रकीट र डिम्बको मिलन भए पुग्छ, जुन वर्षौंसम्म जोगाएर सिमेनबैंकबाट प्राप्त स्पर्मबाट पनि हुन सक्छ । तर प्रकृतिले प्रजननलाई एउटा ठूलो आनन्दसँग यस कारण जोडिदिएको छ कि प्रजननबाट कोही पनि अनाकर्षित नहोस् । त्यसको नाम हो चरमानन्द जुन महिला र पुरुष दुवैले सम्भोगक्रियाको अन्तमा प्राप्त गर्छन् । स्क्रोटमको समकक्षी महिलामा भगोष्ठ र शिश्नको समकक्षी महिलामा क्लाइटोरिस अथवा भगनासा हुन्छ । तर क्लाइटोरिसमा शिश्नभन्दा दोब्बर संवेदी नर्भएन्डिग हुन्छ । शिश्न र क्लाइटोरिस दुवैलाई पावरहाउस आफ प्लेजर भनिन्छ । जहाँ पुरुषको शिश्नको आकार बुढेस कालमा घट्छ त्यहाँ क्लाइटोरिसको आकार प्युबर्टीसम्म डेढ वा २ गुणाले बढ्छ तथा मिनोपोजपछि पनि जारी रहन्छ । स्पष्ट छ कि पुरुष भन्दा महिलाको चरमानन्द लामो र गहिरो हुन्छ ।
यति मात्र होइन, क्लाइटोरिस झन्डै शिश्नकै आकारको हुन्छ तर त्यसको एक चौथाई नै बाहिर देखिन्छ । तीन चौथाई भाग भित्र हुन्छ । भित्रको त्यस भागले पेल्भिसमा १५००० थप संवेदी नर्भलाई झङ्कृत गरिदिन्छ । त्यस कारण महिलाको सेक्सको तुलना कोइलाको आगोसँग गरिन्छ जुन छिटो निभ्दैन र पुरुषको सेक्सको तुलना परालको आगोसँग गरिन्छ जुन नबल्न बेर लाग्छ, न निभ्न । यति मात्र होइन, पुरुष आर्गेज्मको सेन्टर मष्तिष्कमा भिन्नै र महिलाको भिन्नै सेन्टर हुन्छ । पुरुषको सेरिवेलम भन्ने ब्रेनमा एरिया ४, १४, १५ र १६ भागमा हुन्छ भने महिलामा हिप्पोकैम्पस भन्ने भागको १, २, १४, १५ को साथै फ्रोन्टल कार्टेक्स अर्थात् कपालको पछाडि हुन्छ । यसरी पुरुषको सेन्टर जहाँ खोपडीको पछाडि हुन्छ भने महिलाको खोपडीको अगाडि । यो अन्तर जमीन आसमान बराबर हो ।
आर्गेज्म एउटा यस्तो क्रिया हो जसमा सबै प्रकारको नर्भले भाग लिन्छन् : मोटर नर्भ जसले मांसपेशीलाई तन्काउने र रिलेक्स गर्छ, सेन्सरी अथवा संवेदी नर्भ त हुने नै भयो । ओटोनोमिक नर्भ जसमा हाम्रो कुनै इच्छा चल्दैन ती सबै एक साथ सक्रिय भएको हुन्छ । यसरी भनिन्छ कि खाली ती सेन्टर मात्र होइन, सम्पूर्ण ब्रेन एउटा यस्तो आनन्दको फोहराले आच्छादित हुन पुग्छ जसरी कारको शीशामा कुहिरो आच्छादित हुन्छ जसलाई वाइपरले सफा पारी पछि थप पारदर्शी र बढी स्पष्ट बनाइदिन्छ । आर्गेज्मपछि पनि चेतनाको डाइपरले थप सुस्पष्ट बनाउँछ । आर्गेज्मको बेला बायाँ आँखाको केन्द्र र अरू धेरै भाग सटडाउन हुन्छ । ती सबै बढी स्पष्टताले खुल्छन् । आर्गेज्म अरू केही होइन, मूलाधार चक्रबाट तलतिरको शक्तिपात हो । पानी जस्तै शक्ति पनि तलतिर सजिलै प्रवाहित हुन्छ । चट्याङ शक्ति हो, माथि होइन तल खस्छ । यसमा गुरुत्वाकर्षणको नियम लागू हुन्छ । पानीलाई माथि चढाउन मोटर चाहिन्छ । योगीहरूले आफ्नो योग र साधनारूपी मोटर प्रयोग गरेर यही मूलाधार चक्रको शक्तिलाई जब माथि चढाउँदै सहस्त्रदलमा पु¥याउन सफल हुन्छन् तब त्यसलाई ब्रह्मानन्द भनिन्छ । त्यसै कारण ऋषिमुनिहरूले आर्गेज्मलाई ब्रह्मानन्दको सहोदर भनेका छन् । प्रकृतिले हामीलाई ब्रह्मानन्दसँग भेट नगराए पनि उसको सहोदररुपी चरमानन्दको वरदान सबैलाई दिएकी छन् जसको लागि कसैले कुनै साधना गर्नुपर्दैन ।
रजनीशले भनेका छन् कि यदि मानिस एक घण्टासम्म आर्गेज्मको अवस्थामा रहन सक्यो भने त्यही ब्रह्मानन्दमा परिवर्तित हुन्छ । तर यस क्षणिक कुरालाई एक घण्टासम्म लम्ब्याउने तागत शायद योगीमा नै होला । साधारण मनुवालाई क्षणिक नै वरदान स्वरूप छ । जब योनिमार्गमा वीर्यपात हुन्छ तब त्यसलाई योनीले अवशोषित गरेर महिलामा सन्तोष, मूड र निद्रामा राम्रो असर पार्छ । यति मात्र होइन, त्यसले रगत भएर ब्रेनको हाइपोथैल्मसमा पुगेर यो भन्छ कि म आइपुगेको छु । अब तिमीले गर्भधारणको लागि आफ्नो रस निकाल । माथिको आर्गेज्मको व्याख्या हटाइदिए पनि यति मात्र के कम छ ? ठीक यही कुरा पुरुषमा शिश्नले योनिरस अवशोषित गरे पछि हुन्छ । अतः सम्भोग पछि जोडीले तुरुन्त अलग हुनुहुँदैन । योनि र शिश्नलाई एकअर्काको स्त्राव अवशोषित गर्ने अधिकतम समय दिनुपर्छ । भएन त यो अद्भुत विज्ञानको शाखा । अस्तु !