तेहरान, २५ असोज/सिन्ह्वा

उत्तरी इरानको गिलान प्रान्तस्थित एक बन्दीगृहमा त्यहाँका बन्दीहरूका बीचमा भिडन्त भएको बताइएको छ । सो भिडन्तमा परेर कैयौं कैदीबन्दी मारिएको अनुमान गरिएको छ । इरानको अर्धसरकारी समाचार समिति मेहरले सो कुराकोे जानकारी दिएको छ । सो समितिका अनुसार आइतवार उक्त शहरको लकान बन्दीगृहमा रहेका कैदीहरूका बीचमा झडप भएको थियो ।

गिलान प्रान्तको प्रान्तीय राजधानी लाकान शहरमा रहेको जेलमा सो झडप भएको थियो । यहाँका एक जेल अधिकारीका अनुसार सो बन्दीगृहमा रहेका कैदीबन्दीहरूका बीचमा आपसी विवाद बढ्दै गएपछि एकापसमा भिडन्त भएको बताइएको छ ।

यस क्रममा भएको झडप र दुई पक्षबीचको भिडन्तमा परेर केही बन्दीको ज्यान गएको बताइएको छ । तर त्यसमा परेर के कतिजनाको ज्यान गयो भन्नेबारेमा भने केही खुलाइएको छैन । जेलका अधिकारीले यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् ।

इरान सरकारका एकजना अधिकारीले उक्त जेलमा रहेका बन्दीहरू पक्ष–विपक्षमा रहेर गरेको भिडन्तमा परेर कैयौं बन्दीको ज्यान गएको आफ्नो नाम नबताउने शर्तमा जनाएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here