प्रस, वीरगंज, २२ असोज/

तीन दिनदेखिको भारी वर्षाका कारण निम्बस समूहको वीरगंजस्थित एक उद्योगमा बाढी पसेको
छ ।

वीरगंज–पथलैया औद्योगिक कोरिडोरस्थित परवानीपुर गापा वडा नं ५ बहुअरीमा रहेको प्रोजिओकेम प्रालिमा बाढी पसेको हो । वीरगंज–पथलैया ६ लेन सडक निर्माण भएपछि पानीको बहाव थुनिएर सो उद्योगमा हरेक वर्ष बाढी पस्ने गरेको छ ।

लगातार चार वर्षदेखि सो उद्योगमा बाढी पस्दा बर्खामा करोडौं मूल्यको क्षति बेहोर्नुपरेको उद्योगका सिइओ ओमप्रकाश बैठाले जानकारी गराए । उनका अनुसार शनिवार बिहान ३ बजेदेखि बाढी पस्दा प्लास्टिकका झोला र बोरा बनाउने कच्चा पदार्थ फेब्रिक र तयारी मालवस्तु भिजेर नष्ट भएको उनले बताए । उनले बर्खाले उद्योगका मेशिनमा पनि क्षति पुगेको बताए । बाढीले उद्योग परिसर नै जलमग्न भएको छ भने उद्योगभरि नै हिलो पनि थुप्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here