प्रस, पर्सागढी, २२ असोज/

केही दिनदेखि परेको पानीले केही किसानलाई राहत भएको छ भने केहीलाई आहत पारेको छ ।

तीन दिनदेखिको वर्षाले सोना मन्सुली धानखेती गरेका किसानलाई राहत भएको छ ।

त्यही सारो (सरीहन) धान लगाएका किसानहरू भने आहत भएका छन् ।

पर्सा जिल्लामा अधिकांश किसानले सोना मन्सुली धान लगाउँछन् । तर सारो (सरीहन) धान डेढ महीनामा तयार हुने हुँदा केही किसानले सारो खेती गर्छन् ।

सानो समयमा धान खेती हुने हुँदा केही किसानको रुचि सारो धानमा बढी छ । तर जिल्लाभरिको गणना गर्दा सोना मन्सुली धान लगाउने किसानको सङ्ख्या बढी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here