प्रस, वीरगंज, २२ असोज/

वीरगंज करिडरमा सञ्चालित नेशनल अक्सिजन प्रालिले उत्पादन क्षमता विस्तार गरेको छ ।

वीरगंज–१४ गण्डक बहुअरीमा १२ वर्ष अघिदेखि सञ्चालनमा रहेको उक्त उद्योगमा ५ करोड लगानी थपेर उत्पादन दोब्बर पारिएको उद्योगका सञ्चालक डा. अबुलैस अन्सारीले बताए । दिन–प्रतिदिन अक्सिजनको माग बढिरहेकोले लगानी थपेर उत्पादन क्षमता बढाएको उनले बताए ।

करीब १० कठ्ठा जग्गामा रहेको उद्योगमा इटालियन प्रविधिको अक्सिजन उत्पादन गर्ने प्लान्ट जडान गरिएको छ ।

पहिले अक्सिजन ग्याँस मात्र उत्पादन हुन्थ्यो भने नयाँ मेशीन जडान भएपछि अक्सिजन, कार्बनडाइअक्साइड र नाइट्रोजन ग्याँस पनि उत्पादन हुने प्रविधि उनले बताए ।

उद्योगले पहिले दैनिक ६४७ लिटर सिडिन्डर उत्पादन गथ्र्यो भने केही दिनमा उद्योगको क्षमता विस्तार गरेपछि प्रतिघण्टा ४८ सिलिन्डरको दरले २४ घण्टामा १,१५२ सिलिन्डर उत्पादन हुने जनाइएको छ ।

वीरगंज करिडरमा सबैभन्दा पुरानो ज्योति समूहको हिमाल अक्सिजन, मधु अक्सिजन र नेशनल गरी तीनवटा अक्सिजन उद्योग सञ्चालनमा छ ।

उद्योगले जग्गाबाहेक पहिले १५ करोडमा उद्योग शुरू गरेकोमा अब उद्योगको लगानी २० करोड पुुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here