प्रस, वीरगंज, १५ असोज/

२२ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस २०२२ को अवसरमा बदलिंदो विश्व र जेष्ठ नागरिक सम्बन्धित एक दिने अन्तक्र्रिया आज वीरगंजमा सम्पन्न भएको छ ।

वीरगज महानगर तथा जेष्ठ नागरिक सङ्घको आयोजनामा शुरू भएको कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले जेष्ठ नागरिक हाम्रो समाजका गहना हुन्, उनीहरूलाई आवश्यक सहयोग गर्न महानगर जहिले पनि पछाडि नपर्ने बताए ।

कार्यक्रममा बोल्दै भारतीय वाणिज्य दूतावासका कन्सुल शशिभूषण कुमारले नेपाल भारतमा रहेका जेष्ठ नागरिकको अवस्था बराबरजस्तै भएको बताए । भारत नेपालको समाज एक भएकोले दुवै देश फरक रहेपनि जेष्ठ नागरिकहरूको अवस्थामा केही फरक नरहेको बताए । तर राज्यले जेष्ठ नागरिकलाई दिने सेवा सुविधामा भने केही फरक रहेको बताए ।

जेष्ठ नागरिक आफूलाई कहिले पनि कमजोर नठानून्, आफूसँग ४० वर्षको कार्य अनुभव रहेकोले जहिले पनि आफूलाई अरूभन्दा बलियो ठानेर अगाडि बढन सुझाएका थिए । जेष्ठ नागरिक कहींबाट आएका हैनन्, सृष्टिको संरचना अनुसार  जेष्ठ नागरिक भएकोले आफ्नो विगत सम्झेर सदा क्रियाशील भई परिवारमाथि बोझ बन्नुभन्दा आफैं सक्रिय भएर काम गर्नुपर्ने बताए ।

नेपाल तथा भारतमा रहेका जेष्ठ नागरिकहरूको विषयमा आफ्नो मन्तव्य राख्दै शशिभूषण कुमारले नेपाल सरकारले पनि चाँडै  जेष्ठ नागरिकको समस्या समाधान गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

विभिन्न मुलुकमा विभिन्न उमेरका मानिसलाई जेष्ठ नागरिकको दर्जा दिने गरिएकोमा नेपालको हकमा ६० निर्धारण गरेकोमा आफूलाई खुशी लागेको बताए । अहिलेको समयमा आफ्नै छोराछोरीले बुवाआमालाई हेप्ने प्रवृत्ति नेपाल– भारतमा यथावत् रहनु सामान्यजस्तै रहेको उनले बताए ।

सङ्घका जिल्ला अध्यक्ष जगदीश शर्माको सभापत्विमा शुरू भएको कार्यक्रममा पशुपति विक्रम शाह, श्याम पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले विभिन्न जिज्ञासा प्रकट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here