प्रस, वीरगंज, १४ असोज/

वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहमा आगलागी नियन्त्रणसम्बन्धी तालीम सम्पन्न भएको छ । डेढ घण्टे प्रशिक्षणमा आगलागी नियन्त्रणसम्बन्धी प्रदर्शनी आयोजना गरेर तालीम गराइएको थियो ।

ड्राइपोर्ट सञ्चालनको ठेक्का पाएको प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले उक्त तालीमको आयोजना गरेको थियो । जसमा कम्पनीका सुरक्षा उपमहाप्रबन्धक हाकिम खान, वरिष्ठ प्रबन्धक अमरिश कुमार, बिसिएन विभाग प्रमुख सुनील कुमार, बिआरएन एकाइ प्रमुख सन्तोष कुमार, सिएफएस वेयरहाउस एकाइ प्रमुख सतीश सहनी, भन्सार प्रमुख जयबहादुर भण्डारी, सशस्त्र प्रहरी एकाइ प्रमुख एवं प्रनि सुभाष थापालगायतको सहभागिता रहेको प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका प्रमुख अतुल शर्माले जानकारी गराए ।

तालीमको क्रममा प्रिस्टिनका सुरक्षाकर्मी, सशस्त्र प्रहरीका सुरक्षाकर्मी, भन्सार कर्मचारीहरूलाई ए, बी, सी, डी गरी चार वर्गको आगलागी नियन्त्रणको लागि फायर एक्सटिङग्युजरलाई सही तरीकाले कसरी प्रयोग गर्नेबारेमा सिकाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here