लन्डन, १४ असोज/एएफपी

प्रधानमन्त्री लिज ट्रसले शुक्रवार भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको आरोप लगाएकी छन् । रूसले युक्रेनी चारवटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेको यस अवस्थामा ट्रसले सो कुरा बताएकी हुन् ।

ट्रसले रूसी नेताको ‘प्रतिनिधित्व भएको दाबी गर्ने युक्रेनी जनताको जीवनप्रति स्पष्ट बेवास्ता गरेको’ भन्दै आलोचना गरेकी छन् ।

 ‘बेलायतले ती मानिसहरूको सार्वभौम इच्छालाई कहिल्यै बेवास्ता गर्दैन र हामी डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रहरूलाई युक्रेनी क्षेत्रबाहेक अरू कुनै कुराको रूपमा स्वीकार गर्दैनौं,” उनले थप जानकारी दिएकी छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here