• बैधनाथ श्रमजीवी

हिन्दू धर्मावलम्बीहरूको पात्रो अनुसार भोलि आइतवार असोज शुक्ल सप्तमी हो । अर्थात् फूलपाती भिœयाउने दिन । देशैभरि विजयादशमीको रौनक छाइसकेको छ । सँगसँगै विजयादशमी अर्थात् विजयको यो दशैं मनाउनुहुँदैन भन्ने बहस पनि तीव्ररूपमा सामाजिक सञ्जालहरूमा उठिरहेको छ । हिन्दू आर्यहरूले यो पर्व मनाउँदै आए पनि मङ्गोलियनहरूको यो पर्व आफ्नो होइन । विगतमा जबरजस्ती सत्ताको सैन्यबल प्रयोग गरेर मङ्गोलियनहरूलाई पनि मनाउन बाध्य पारिएको दशैं अब मनाउनुहुन्न भन्ने कुरा मङ्गोलियन तथा दलितहरूले जबरजस्तरूपमा उठान गरेका देखिन्छन् । हिन्दूहरूको धर्मग्रन्थमा राक्षस अर्थात् असुर भनिएकाहरू वास्तवमा कुनै राक्षस थिएनन्, बरु आर्यहरू नेपाल तथा भारत आउनुपूर्व यहाँ रहेका जनजाति, आदिवासी, अनार्य अर्थात् असुरहरूको राम्रो सभ्यता फलेफुलेको थियो । त्यति बेला सुर अर्थात् देवता अर्थात् आर्य भारतीय भूमिमा प्रवेश गर्दा त्यहाँ रहेका असुर अर्थात् अनार्य वा उनीहरू (आर्यहरू)द्वारा भनिएका राक्षसहरूको विकसित सभ्यता थियो । हो, त्यो सभ्यतालाई ध्वंश नगरेसम्म आर्यहरूको सत्ता कायम हुनेवाला थिएन । त्यही सत्ताको प्रभुत्वको लागि पटक–पटक भारतीय भूमिमा आर्य र अनार्यबीच युद्धहरू भए । यस युद्धमा छल, बल, कल, कपटको प्रयोग गरेर अनार्यहरूमाथि आर्यहरू विजयी भएका हुन्, जसलाई हिन्दू धर्मग्रन्थहरूमा देवासुर सङ्ग्रामको नामले पनि उद्धृत गरेको पाइन्छ ।

यस्तै, एक असुर अर्थात् भैंसी पाल्ने किसानी गर्नेहरूका राजा महिषासुर, शुम्भ, निशुम्भलगायत असुरहरूलाई उनको सभ्यता र सत्ताबाट बेदखल गरी आफ्नो सत्ता स्थापना गरिएको लडाइँमा सुरहरू सीधा आमुन्ने–सामुन्नेको लडाइँमा विजय नहुने अवस्था देखिएपछि दुर्गालाई प्रयोग गरी छलद्वारा असुर राजा महिषासुरलगायतको हत्या गरी राज्य हत्याएको दिनलाई विजयोत्सवको रूपमा दशैं नामकरण गरेर मनाउँदै आएको पर्व हो । सुरहरू विजयी भइसकेपछि भारतको वैशालीबाट नेपालमा हिंडेको तथ्य सबैलाई थाहै छ । त्यति बेला नेपालमा मङ्गोलियनहरूकै राज्य थियो । लिगलिगकोट दौडमा विजयी हुने घले (मगर) राजा बनाउने चलनबाट फाइदा उठाएर छल र बलको प्रयोग गरी दौड जितेको घोषणा गरेर शाहवंशको राजा गोर्खामा आएको इतिहास कसैलाई थाहा छैन ? शाहवंशीय राजाहरू आइसकेपछि हिन्दूकरण गर्ने कुरा उनीहरूले जबरजस्त ढङ्गबाट ल्याएको देखिन्छ । जस अन्तर्गत दशैं भन्ने पर्व राज्यबाटै लामो बिदा दिने, खसी–बोका मारकाट (भोग, बलि) दिनैपर्ने, दशैं मनाएको प्रमाण स्वरूप मङ्गोलियनहरूले आफ्नो निधारमा टीका, टाउकोमा जमरा तथा घरको भित्तामा पशुबलि दिंदा रगत दुवै हातमा लगाएर पञ्जाको छाप सरकारी मान्छे आउँदा देखाउनैपर्ने गरी लगाउने चलन अझैसम्म रहँदै आएको छ । खासगरी मङ्गोलियनहरू गाई, गोरु, भैंसी, राँगा खाने हुनाले गाई हिन्दूहरूको आमा हो, त्यसैले यो राष्ट्रिय जनावर घोषित गरियो र गाई काट्न पूर्ण प्रतिबन्ध तथा दण्ड जरिवानाको व्यवस्था गरियो । यसरी त्यति बेला धनकुटामा अठपहरिया राईहरूले विजयादशमीको विरोध गर्दा उनीहरूलाई झुन्डयाएर मारिएको थियो । रिदमा राईलगायतका मानिसहरूलाई झुन्ड्याउनुपर्ने एउटै कारण थियो, त्यो हो उनीहरूले दशैं नमनाएको ।

हिन्दूहरूको धर्मग्रन्थमा असुरहरूलाई राक्षस नराम्रो गरी चित्रण गरिएको देखिन्छ, जबकि असुरहरू के–कति कारणले खराब थिए भन्ने कुरो कतै प्रमाणित तथ्यको वर्णन छैन । बरु असुरहरूको मुख्य बसोबास गर्ने थलो भारतको दक्षिणी भूभागमा आजसम्म पनि असुर भनिएका राक्षसहरू नै उनीहरूको मूलदेवता हो र उनीहरू त्यसकै पूजाआजा गर्ने गर्छन् । दक्षिण भारतमा रावणका मन्दिरहरू सजिलै देख्न पाइन्छ । दक्षिण भारतको राजनीति र समाज दुवैले असुरहरूलाई नै मान्यता दिएको देखिन्छ । तर हामीकहाँ सत्र हजार नेपालीको बलिदानबाट आएको संविधानसभाले जसमा क्रान्तिकारीहरूको वर्चस्व थियो, संविधान बनाउनै पाएनन् । दोस्रोचोटि भएको संविधानसभा निर्वाचनमा क्रान्तिकारीहरूको अवस्था कमजोर भयो र कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नामको सत्ता स्थापना भएपनि राज्यमा नोकरशाहीतन्त्र पुरानै शैलीमा परिचालित रहँदै आएको हुनाले जनताको जीवनमा देखिने गरी कुनै परिवर्तनको अनुभूति भएन । भ्रष्टाचार झन्–झन् सङ्गठित र राज्यद्वारा नै संस्थागत हुँदै गयो । फलस्वरूप लामो समयदेखिको राजनीतिक अस्थिरताबाट अझै पनि देशले मुक्ति पाउन सकेको छैन ।

जेहोस्, सबै कालखण्डमा जित्नेहरूले लेखेको इतिहासमा हार्नेहरूको चरित्र हत्या गर्ने तथा आफ्नो गुणगान गर्ने परम्पराबाट हिन्दू संस्कृति पनि अछूतो रहेन । फलस्वरूप असुरहरूलाई राक्षस भनियो र आर्यहरूले आफूलाई देवत्वकरण गरे । सम्पूर्ण सृष्टि नै आफूले उत्पत्ति गरेको, आफूबाटै सञ्चालन र संहार हुने गरेको भन्नसमेत धर्मग्रन्थहरूमा भ्याए । वास्तवमा यी असुर अर्थात् मङ्गोलियन र देवता, सुर अर्थात् आर्य भनिएकाहरूको को हुन् ? यिनीहरू कहाँबाट आए ? आउनुस् इतिहासको पानामा एकै क्षण प्रवेश गरौं ः

हामी सबैलाई थाहा भएकै कुरो हो कि आजको युग अन्धविश्वास र रूढिवादिताको युग होइन । अन्धविश्वास, पूजापाठ, धर्मकर्म जति गरे पनि त्यसले कुनै भौतिक विकास वा समस्याको समाधान गर्न सक्दैन । आजको संसारमा त्यो देश नै सर्वशक्तिमान वा समृद्ध तथा विकसित छ, जसले सबैभन्दा बढी विज्ञान तथा प्रविधिको प्रयोग गरेको छ । आधुनिक विज्ञानले मानवको उत्पत्तिबारे के भन्छ ? थोरै चर्चा गरौं ।

सन् १९१४ मा रूसका एक वैज्ञानिक टोलीले मानव उत्पत्तिबारे लामो अनुसन्धानपछि तीन फरक–फरक अस्तित्व भएका मानिसहरूको उत्पत्ति तीन फरक–फरक स्थानमा भएको पत्ता लगाए । जस अनुसार पहिलो– मङ्गोल, दोस्रो आर्यन् र तेस्रो हप्सी । अहिलेको ःब्ल् भनेको ःस् ःबलनय,ि ब्स् ब्चथबल, ल्स् ल्भनचय अर्थात् मान्छे हो ।

रसियाली वैज्ञानिकहरूले उक्त स्थानमा खोज गर्दा पाइएका मानव वस्तु, दाँत, हाडको डिएनए र उक्त समयमा प्रयोग भएका औजारहरूको मुख्यरूपमा अनुसन्धान गरेका थिए । उनीहरूको खोज अनुसार मङ्गोलहरूको उत्पत्ति नेपाल र तिब्बतको पहाडी क्षेत्र रहेको छ । उत्पत्ति समय एक करोड दश लाख वर्ष तथा गुणहरूमा गोलाकार अनुहार, चिम्से आँखा, सानो थेप्चो नाक, सानो टाउको, होचो कद, कम रौं आउने, पहेंलो रङ्ग हुने उल्लेख छ । यस अनुसन्धानमा नेपालको रूपन्देही जिल्ला र पाल्पा जिल्लाको सिमानामा पर्ने दोभानमा भेटिएका दाँत र हाड तथा नवलपरासीमा भेटिएका पुराना औजारहरूलाई आधार मानिएको हो । त्यसैगरी आर्यन यिनीहरू रसियाको ककेसिया पहाडमा करीब असी लाख वर्षअगाडि उत्पत्ति भएका हुन् । आर्यनहरूको चुच्चो नाक, लामो अनुहार, अग्लो कद, ठूला आँखा, रौं धेरै आउने, सेतो रङ्ग हुने उल्लेख छ । यिनीहरू रूसको ककेसियन पहाड र ब्लैक सीको बीचको क्षेत्रमा पाइएको मानव दाँत र हाडको अध्ययनबाट थाहा भएको हो । तेस्रो हब्सी, यिनीहरूको उत्पत्ति दक्षिण अफ्रिकी महादेशमा लगभग एक करोड ४० लाख वर्ष अगाडि भएको हो । यिनीहरूको घुम्रिएको कपाल, गाढा कालो छालाको रङ्ग हुन्छ । अफ्रिकाको इथियोपिया देशमा भेटिएको मानव दाँत र हाडको आधारमा उक्त अनुसन्धान गरिएको हो ।

यस प्रकार माानिसका यी तीन प्रकारमा कुनै पनि राम्रो र नराम्रो भन्ने कुरो हुँदैन । समयको लामो कालखण्डमा यिनीहरूबीच सत्ता र शक्तिको लागि (खासगरी निजी सम्पत्ति र परिवारको जन्म समाजभित्र भइसकेपछि) निकै ठूलठूला सङ्घर्षहरू भए । युद्ध कुनै पनि पवित्र वा अपवित्र हुँदैन । युद्ध त केवल युद्ध हो, जहाँ दया र सेवाको गुन्जाइस हुँदैन । युद्धमा फल्ने फुल्ने भनेकै घृणा, क्रोध, हिंसा, त्रूmरता, अमानवीयता नै हुन् । प्रत्येक युद्धमा विजेताले आफूलाई देवत्वकरण गर्छ र हारेका प्रतिपक्षीलाई राक्षस, आतङ्कवादी भन्छ । युद्धको यो संस्कृतिलाई बोक्ने विकृत संस्कार, चाडपर्वलाई बोकिरहनुभन्दा वैज्ञानिक उत्पादनसँग जोडिएका संस्कृति निर्माणमा जुटे सबैको कल्याण हुनेछ । धार्मिक चाडपर्वको म्याद सकिएको छ । सर्वकालिक सत्य के हो भने पृथ्वीमा सबै कुराको म्याद सकिन्छ । समयमा नै चेत खोलौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here