प्रस, वीरगंज, १२ असोज/
नारायणी अस्पतालमा बिहीवारदेखि स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।
युएनडिपी नेपालका क्षेत्रीय निर्देशक बर्नाडो कोकोले बिहीवार सो केन्द्रको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो ।
युएनडिपीको रु ११ करोड १७ लाखको सहयोगमा फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले अस्पतालमा दैनिक १७० किलो स्वास्थ्यजन्य फोहर पदार्थ उत्पादन हुँदै आएको र अब केन्द्रमा विसर्जन गरिने बताए ।
यसअघि अस्पतालबाट निस्किएका फोहर वस्तुहरू अस्पताल परिसर र बाहिर जथाभावी फालिने गरिएको थियो । वीरगंज महानगरले पनि अस्पतालजन्य फोहर व्यवस्थापनको लागि अलग्गै व्यवस्था गरेको छ । यसअघि, महानगरमा रहेका अस्पतालहरूबाट निस्किने फोहर र घरहरूबाट निस्किने फोहर एकैसाथ विसर्जन गरिन्थ्यो, जसबाट स्वास्थ्यसम्बन्धी समस्या हुन सक्ने खतरा थियो ।
फोहर सङ्कलनमा खट्ने सफाइकर्मीहरू महानगरले अस्पतालजन्य फोहरको छुट्टै व्यवस्थापन गरेपछि सुरक्ष्Fित भएका हुन् । फोहर व्यवस्थापन केन्द्रले प्रतिघण्टा ५० किलो फोहर व्यवस्थापन गर्ने बताइएको छ । अस्पतालका मेसु डा प्रधानले स्वास्थ्यजन्य फोहरको विसर्जन वैज्ञानिक तरीकाबाट हुने भएकोले अस्पताल क्ष्Fेत्रमा वातावरणीय प्रदूषणको सम्भावना नरहने बताए ।
कार्यक्रममा नगरप्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, स्वास्थ्य मन्त्रालय, गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका निर्देशक मदनकुमार उपाध्याय, अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्य, स्वास्थ्य कार्यालय, पर्साका प्रमुख नवलकिशोर साह, चिकित्सक सङ्घ, पर्साका अध्यक्ष्F डा मनोज गुप्ता, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाललगायतको सहभागिता थियो ।