प्रस, बिरुवागुठी, ८ असोज/

पर्सागढी नगरपालिका वडा नं ३ बडनिहार बजारका दुईवटा पसलबाट प्रहरीले अनुदानका २७ बोरा कृषि मलसहित दुईजनालाई पक्राउ गरेको छ ।

व्यापरी पसलेहरूले कृषि सामग्रीको युरिया र डिएपी मल चोरी निकासीबाट ल्याइ चर्को मूल्यमा किसानहरूलाई बिक्री गरिरहेको पर्सागढीका युवाहरूले जानकारी पाएपछि ना.२ह ३२६४ नम्बरको अटोमा जीतपुरतर्फबाट बडनिहार बजारमा रहेको जयप्रकाश थारूको पसलमा झार्न थालेको १० बोरा युरिया मलसहित अटो युवाहरूले नियन्त्रणमा लिई बडनिहार प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाए लगत्तै बडनिहार प्रहरी चौकी र इ्लाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको टोलीले थारूको पसलमा छापा मार्दा अटोमा रहेको १० बोरा र पसलमा रहेको चार बोरा गरी १४ बोरा अनुदानको युरिया मल र अटो चालकलाई नियन्त्रणमा लिएको र पसल सञ्चालक थारू फरार छन् ।

त्यसपछि सोही स्थानमा रहेको नेत्रप्रसाद पौडेलको पसलमा प्रहरीले खोजतलाश गर्दा चार बोरा डिएपी र नौ बोरा युरियासहित १३ बोरा अनुदानको कृषि मलसहित पसल सञ्चालक पौडेललाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका पसल सञ्चालक पौडेल र अटोचालक साहसहित २७ बोरा मल  आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, वीरगंज पठाइएको र फरार रहेका अर्का पसल सञ्चालक जयप्रकाश थारूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रमुख किशोर आचार्यले बताए ।

कृषि सामग्री कम्पनीको मल नगरपालिकाले तोकेको कृषि सहकारीबाट बिक्री वितरण गर्नुपर्ने भए तापनि किसानले अहिले मल नपाइरहेको अवस्थामा बिचौलियाहरूको माध्यमबाट ग्रामीण भेगमा रहेका कृषि पसलहरूले अहिले प्रतिबोरा युरिया मल दुई हजारदेखि २२ सय रुपैयाँमा किन्न बाध्य हुँदा सो पसलहरूमा कहाँबाट मल आइरहेको छ भन्ने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिड्ढै मिलेमतो रहेको किसानहरूले आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here