- राजेन्द्रप्रसाद कोइराला
“उहाँ अचानक आक्रामक बन्नुहुन्छ र मलाई मामुली कुरामा पिट्नुहुन्छस उहाँ एकदमै अप्रत्याशित देखिनुहुन्छ–एकै छिनमा धेरै दयालु र अर्काे क्षण निर्दयी बन्नुहुन्छ”–मनिताले आफ्ना पतिबारे कुरा गर्दै भनिन् । जब उनले यो अँध्यारो रहस्य खुलासा गरिन्, उनको आत्महत्याको विचारका साथै डिप्रेशनको मुख्य कारण स्पष्ट भयो । गहिरो अनुसन्धानपछि पत्ता लाग्यो कि एक प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीका डिजिएम शिशिर (परिवर्तित नाम) मा देखिने हिंसक व्यवहार उनको बाल्यकालका खराब अनुभवहरूको परिणति थियो, जहाँ उनले आफ्नो बुवाले गाली गरेको र आमालाई सामान्य कुरा (घरेलु हिंसा) मा कुटपिट गरेको देखेका थिए ।
बाल्यकालका प्रतिकूल अनुभवहरू, जसलाई प्रायः बाल्यकालको आघात भनिन्छ, आधुनिक समाजमा धेरै सामान्य छ । साइकियाट्रिक टाइम्सका अनुसार करीब ४८ देखि ५० प्रतिशत मानिस आफ्नो जीवनको कुनै न कुनै समयमा कुनै न कुनै प्रकारको आघातबाट गुज्रिएका हुन सक्छन् । यद्यपि केही आघात निको हुन्छ, अधिकांश निको नहुने बाल्यकालका आघातहरूले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र आर्थिक स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्छ ।
बाल्यकालको आघातमा शारीरिक, भावनात्मक, यौन दुव्र्यवहार, शारीरिक र भावनात्मक उपेक्षा आदि पर्छ । त्यसैगरी भूकम्प, बाढी वा दुर्घटना, आफन्त गुमाउने प्राकृतिक प्रकोपहरू आघातको कारण हुन सक्छ । यसबाहेक हिंसा, दुर्घटना देख्दा मात्र पनि संवेदनशील व्यक्तिमा आघात पर्न सक्छ ।
आघातपछि बालबालिकामा देखिने तत्कालका प्रतिक्रिया कुनै स्थानबारे ख्याल नगर्ने र मानिसलाई बेवास्ता गर्ने, मुड स्विङ, चिन्ता, अत्यधिक चिन्ता, उदासी वा तीव्र डर, कमजोर एकाग्रता र पढाइमा ध्यान नजाने हुन्छ । त्यसैगरी आत्म–पृथकता र कम निद्रा र भोक पनि यसको उपज हो । आघातबाट हुने मनोवैज्ञानिक क्षति निर्धारण गर्ने कारकहरू हुन्–आघात हुँदा बच्चाको उमेर, चाहे यो एकल घटना होस् वा बारम्बार, पीडितसँग पीडकको सम्बन्ध, र अपराधीहरूको संलग्नता ।
यद्यपि हामीमध्ये धेरैले विश्वास गर्छाैं कि सानो बच्चा भएकोले, बच्चाले घटना बिर्सन्छ, यो वास्तवमा सत्यबाट टाढा छ । वास्तवमा अधिकांश आघातले बच्चाको मानसिकतामा स्थायी क्षति पु¥याउँछ जसले जीवनका शारीरिक, मानसिक, आर्थिक र सामाजिक सबै पक्षमा असर पार्छ । मनोवैज्ञानिक घाउले आउने वर्षहरूमा कुरूप दागको टाटो बसालिदिन्छ । यस्ता दर्दनाक घटनाले बालबालिकाको शारीरिक विकासमा समस्या, मधुमेह, मुटुरोग, क्यान्सर र अटो–इम्यून रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यस्ता व्यक्ति पोस्ट–ट्रमाटिक तनाव, विकार र व्यक्तित्व विकारले ठूलो जोखिममा हुन्छन् जुन उपचार गर्न गाह्रो हुन सक्छ । डिप्रेशन, एन्जाइटी, अब्सेसिभ कम्पल्सिभ डिसअर्डर, बाइपोलर डिसअर्डर र साइकोटिक डिसअर्डरको उच्च प्रचलन उनीहरूमा बढी देखिन्छ । कमजोर शैक्षिक कार्यसम्पादनले कम आम्दानी, गरीब आवास र भविष्यमा आघातको अधिक सम्भावना निम्त्याउँछ, जसले गर्दा उनीहरू एउटा दुष्चक्रमा फस्न पुग्छन् ।
हामीलाई थाहा छ, रोकथाम उपचार भन्दा राम्रो हो । रोकथामका उपायहरू हुन्–बाआमालाई आघातको प्रतिकूलताबारेराम्रो जानकारी हुनुपर्छ, आफ्ना बच्चाहरूसँग मैत्री र सहयोगी सम्बन्ध राख्नुपर्छ जसले बच्चाहरूले कुनै पनि दुर्घटनाबारे अभिभावकसँग कुरा गर्न सकून् । आफूलाई अभिव्यक्त गर्न भावनात्मक ठाउँ दिनु, सहानुभूति र अनुकम्पाको साथ ध्यानपूर्वक सुन्नु उनीहरूको भावनाको प्रमाणीकरणको प्रक्रियाको सबैभन्दा महŒवपूर्ण भाग हो । बच्चाहरूले सोधेका प्रश्नहरूको जवाफ सकेसम्म इमानदारीपूर्वक दिनुपर्छ । बालबालिकाको व्यवहारप्रति सजग रहँदै र उनीहरूलाई आश्वस्त पार्दै, सान्त्वना दिंदै मानसिकरूपले सुरक्षा दिनुपर्छ । हामी शान्त भएर उनीहरूको कुरा सुनिदिने मात्र हो भने त्यसले रामवाणको काम गर्छ । बालबालिकालाई पर्याप्त निद्रा र पौष्टिक खाना खुवाउनुपर्छ । उनीहरूलाई सकेसम्म नियमित गतिविधिमा अडिग रहन प्रोत्साहित गर्नुपर्छ । अन्य उपायहरू –बाहिरी गतिविधिहरू जस्तै–नृत्य, सङ्गीत वा कला कक्षामा सामेल गराउने । यसबाट उनीहरूको पीडा कम हुँदै नयाँ जाँगर र उत्साहको अनुभूति गराउँछ ।
विभिन्न मनोविज्ञानिक थेरापी, जस्तै– एक्सपोजर थेरापी (नेट्) जसले आघातलाई कम डरलाग्दो र अधिक सकारात्मक बनाउनको लागि पुनः फ्रेम गर्दछ, आघात–केन्द्रित संज्ञानात्मक व्यवहार थेरापी (TF–CBT) ले हानिकारक स्वचालित विश्वासहरूको पहिचान र सुधार गर्दछ । बालबालिकाहरूलाई उनीहरूको असुविधा हटाउन मदत गर्नको लागि, बाल र पारिवारिक आघात तनाव हस्तक्षेप (CF–TSI) बालबालिका र उनीहरूका प्राथमिक हेरचाहकर्ता वा अभिभावकहरूबीच सञ्चारमा सुधार गर्न केन्द्रित रहेको हुन्छ ।
यस लेखनको शुरूमा उल्लेख गरिएको वास्तविक कथामा फर्केर, शिशिरलाई उनको बाल्यकालको आघात निको पार्न एक मनोवैज्ञानिक परामर्शदाताको सम्पर्कमा लगियो । शुरूमा उनले ढुक्कसँग इन्कार गरे पनि अन्ततः उनी सल्लाहकारको सहयोग लिन तयार भए । उनी निको हुने बाटोमा छन् र उनको हिंसक व्यवहार बिस्तारै घट्दै गइरहेको छ र सुनीताको एन्टिडिप्रेसेन्ट औषधिको खुराक पनि घट्दै गएको छ । आशा छ, छिट्टै दुवैले आफ्नो वैवाहिक जीवनको नयाँ खुशीको अध्याय शुरू गर्नेछन् ।
नोटः लेखकले साइकोलोजी विषयमा पनि स्नात्तकोत्तर गरेका छन् ।