रामेश्वर मेहता, सिम्रौनगढ, ७ असोज/
सिम्रौनगढ नगरपालिकामा पनि डेङ्गु रोगको प्रकोप देखिएको छ । अमृतगंज, खजानी, हरिहरपुर, ठूलो इटवाल, अमरपुर, खजानी, कमलपुर, ननसगरा ढाट, सतुवाही, देवापुरटेटा, भगवानपुर, कचोर्वा, पर्सा, गङ्गानगरलगायत स्थानमा डेङ्गुको प्रकोप फैलिएको चिकित्सकहरूले बताएका छन् ।
यहाँका बिरामीहरूमा साधारण ज्वरो, कसैकसैलाई टाइफाइड तथा डेङ्गु रोगका लक्षण देखिएको चिकित्सकले बताएका छन् ।
सिम्रौनगढ नगर अस्पतालमा ज्वरोका बिरामीहरू १६ जनामा डेङ्गु देखिएको अस्पतालले जनाएको छ । डेङ्गु भएका १६ जनामध्ये चारजना उपचारपछि घर फर्केको र १२ जना अस्पतालमा भर्ना रहेको अस्पतालका प्रमुख डा जीतेन्द्र यादवले बताए ।