प्रस, वीरगंज, २ असोज/

वीरगंजमा शनिवार आयोजित रक्तदान कार्यक्रममा ५२ जना महिलासहित ४४२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

जैन तेरापन्थ युवा परिषद्को आयोजनामा वीरगंजका पाँच स्थानमा भएको रक्तदान कार्यक्रममा ५० जना महिलासहित ४२३ जनाले रक्तदान गरेका थिए ।

यसैगरी, ग्लोबल इमर्जेन्सी लोडरले तेजारथटोलमा आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित १९ जना सहभागी थिए ।

परिषद्ले वीरगंजको घण्टाघर, तेरापन्थ भवन आदर्शनगर, घडीअर्वा पोखरी, त्रिवेणी स्पिनिङ मिल्स, नितनपुर, रहबर केयर, बहुअरी र हिप्को इन्फ्रा प्रालि, बेलवामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

प्राविधिक प्रमुख पाण्डेले हिप्को इन्फ्रामा ३७ जना, त्रिवेणी स्पिनिङमा २९ महिलासहित १३४ जना, रहबर केयरमा तीनजना महिलासहित ६० जना, घडीअर्वा पोखरीमा पाँचजना महिलासहित ५० र जैन भवनमा १३ जना महिलासहित १४२ जना गरी ५० महिलासहित ४२३ जनाले रक्तदान गरेको बताए ।

कार्यक्रम युवा परिषद्का अध्यक्ष्F धीरज बोथराको अध्यक्ष्Fता तथा नगरप्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार, रक्तसञ्चार केन्द्रका अध्यक्ष मधु राणा, ब्लड डोनर्स एशोसिएशनका उपाध्यक्ष अरविन्द सिंह, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष्F अशोक बैदलगायतको सहभागिता रहेको परिषद्का सचिव नरेश भन्सालीले बताए ।

शनिवार आयोजित रक्तदान कार्यक्रममा अहिलेसम्मकै सबैभन्दा बढी रगत सङ्कलन भएको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख पाण्डेले बताए । उनले एकै दिन ४४२ जनाले रक्तदान गरेको पहिलोपटक हो र यसअघि सबैभन्दा बढी रक्तदान गर्नेमा वीरगंज कारागार, रेडियो वीरगंज र वीरगंज युवा समाज रहेको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here