प्रस, वीरगंज, ३१ भदौ/

कालिकामाई गाउँपालिकाको आठौं गाउँसभा शुक्रवार सम्पन्न भएको छ । गापा अध्यक्ष वशिष्ठकुमार गुप्ताको अध्यक्षतामा भएको गाउँसभाले आव २०७९/८० को नीति, कार्यक्रम तथा बजेट बहुमतले पारित गरेको हो ।

नेरा आधारभूत विद्यालय हरिहरपुरबिर्तामा भएको गाउँसभामा अध्यक्ष गुप्ताले रु ४२ करोड ६६ लाख ४० हजारको बजेट प्रस्तुत गरेका थिए ।

सभामा आर्थिक विधेयक, विनियोजन विधेयकसहित गापाका आवश्यक ऐनहरूको विधेयक पारित भएको गापा कार्यालयले जनाएको छ ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरी, वडाध्यक्ष लालबाबू चौरसिया, सञ्जय पटेल, जयनारायणप्रसाद कुर्मीलगायत सदस्यहरूको सहभागिता थियो ।

यसअघि, गत आइतवार र त्यसअघि डाकिएको गाउँसभा स्थगित हुँदै आएको थियो । बहुमत वडाध्यक्षहरूको असहयोगका कारण गाउँसभा स्थगित भएको थियो भने दुई पक्षबीच झडप पनि भएको थियो, जसमा केही व्यक्ति घाइते भएका थिए ।

यसअघि, पर्सा जिल्लाका १३ वटै पालिकाको सभा सम्पन्न भएपनि कालिकामाई गापामा विवादका कारण हुन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here