प्रस, वीरगंज, ३१ असोज/

वीरगंज भन्सार कार्यालयमा निर्माण भइरहेको होल्डिङ सेन्टर ठेकेदारले नेपाली सेनालाई हस्तान्तरण गरे पनि उद्घाटन भने हुन सकेको छैन । कोरोना लक्षित होल्डिङ सेन्टर निर्माण भएपनि अहिले कोरोना सङ्क्रमण कम भएर होल्डिङ सेन्टरको उद्घाटनमा चासो नदिइएपछि सञ्चालन पनि हुन सकेको छैन ।

साउनमा पर्सा जिल्लामा केही कोरोना सङ्क्रमितहरू देखा परेका थिए । तर अहिले डेढ महीनायतादेखि एकजना पनि कोरोना सङ्क्रमित पुष्टि भएका छैनन् । असार–साउनमा पर्सा जिल्लामा कोरोना सङ्क्रमित देखिएको र त्यसैताका भारत तथा नेपालको काठमाडौंमा सङ्क्रमितहरू बढेपछि वीरगंज प्रवेशद्वार शङ्कराचार्यद्वारमा महानगरले एन्टिजेन परीक्ष्Fणको लागि अस्थायी शिविर सञ्चालन गरेको थियो । अहिले  शिविर छ, तर स्वास्थ्यकर्मी बस्दैनन् ।

भारतबाट आउने सबै यात्री अहिले स्वास्थ्य परीक्ष्Fण नगराइ नेपाल प्रवेश गरिरहेका छन् । कोरोना सङ्क्रमणको बेलामा वीरगंजलगायत देशभरका दशवटा स्थानमा प्रत्येकमा एक हजार मानिसलाई व्यवस्थापन गर्नेगरी होल्डिङ सेन्टर निर्माण कार्य शुरू भएको थियो । तर सो निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएको र कोरोनाको कहर कम भएपछि अहिले होल्डिङ सेन्टर उपयोगविहीन अवस्थामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here