गुटेमाला सिटी, ३१ भदौ/सिन्ह्वा

स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको झडपमा परी गुटेमालामा कम्तीमा नौजनाको मृत्यु भएको छ । घटनामा परी अरू २० जना घाइते भएका स्थानीय अधिकारीहरूले शुक्रवार जानकारी दिएका छन् । 

बिहीवार बिहान स्वतन्त्रता दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको अन्त्यतिर झडप भएको थियो । देशको पश्चिमी क्षेत्रमा रहेको क्वेटजाल्तेनान्गोमा घटना भएको घटनास्थलमा पुगेका स्थानीय रेडक्रसकर्मीहरूले जानकारी दिएका छन् ।

रेडक्रसकर्मीहरूले सामाजिक सञ्जालमा लेखे अनुसार घटनामा परी घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा स्थानीय प्रहरीले अनुसन्धान शुरू गरिसकेको र शङ्कास्पद केहीलाई नियन्त्रणमा लिएर सोधपूछ गरेको जनाइएको छ ।

गुटेमालामा हरेक वर्षको सेप्टेम्बर १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्पेनको नियन्त्रणबाट मुक्त भएको सम्झनामा गुटेमालामा स्वतन्त्रता दिवस मनाउने गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here