प्रस, वीरगंज, २८ भदौ/

बारा जिल्ला नेपाली काङ्ग्रेसमा भाँडभैलो मचिएको छ । सङ्घ र प्रदेशको निर्वाचनअघिदेखि दुई गुटमा विभाजित बारा काङ्ग्रेसमा अहिले झनै भाँडभैलो मचिएको हो ।

नेपाली काङ्ग्रेस बारा जिल्ला कार्यसमितिको निर्वाचनपछि  बारा काङ्ग्रेस दुई समूहमा विभाजित भएर कार्य गर्दै आएको परिणाम स्थानीय चुनावमा अन्तर्घात भयो भने मङ्सिरमा हुने सङ्घ तथा प्रदेशको चुनावमा पनि अन्तर्घात हुन सक्ने सम्भावना बढेको छ ।

भर्खरै सङ्घ र प्रदेशको निर्वाचनको लागि बारा काङ्ग्रेसबाट दुई समूहले छुट्टाछुट्टै उम्मेदवारहरूको नाम सिफारिश गरेका थिए । सहमहामन्त्री फरमुल्लाह मन्सुर र अर्का सहमहामन्त्री तथा खानेपानीमन्त्री उमाकान्त चौधरी समूहबीचको झगडा अहिले सतहमा आएको छ । उम्मेदवारी सिफारिशपछि अहिले अनुशासन समितिको नाममा कारबाई पनि भिन्दाभिन्दैरूपमा गरिएको छ । नेका जिल्ला कार्यसमिति, बाराका अध्यक्ष राजेश यादवको कार्यसमितिले विनोदमणि मण्डलको अध्यक्षतामा अनुशासन समिति गठन गरेको थियो । सो अनुशासन समितिले बारा काङ्ग्रेसका सभापति यादवसँग प्रतिस्पर्धा गरेको र पराजित भएपछि स्थानीय चुनावमा निजले असहयोग गरेको भन्दै निजगढ नगरपालिकाको स्थानीय चुनावमा पार्टीको आधिकारिक उम्मेदवार सुरेश खनालविरुद्ध लागिपरेको भनेर शम्भु बुडाथोकीलाई अनुशासनको कारबाई गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो ।

पार्टीको आधिकारिक समितिबाट बुढाथोकीलाई कारबाई भएपछि अर्को समूहले अरुण यादवको संयोजकत्वमा अनुशासन समिति बनाएर सहमहामन्त्री एवं खानेपानीमन्त्री चौधरीसहित पूर्वसभासद् राधेचन्द्र यादव र क्ष्Fेत्रीय सभापति रामेश्वरप्रसाद यादवलाई मङ्गलवार निलम्बन गरेको छ ।

अनुशासन समिति बाराका संयोजक अरुण यादवले स्थानीय चुनावमा मन्त्री चौधरीले सिम्रौनगढ नगरपालिकामा नेकाबाट प्रमुखका प्रत्यासी विजयशङ्कर यादवविरुद्ध लोसपाका उम्मेदवारलाई मत दिलाउन सहयोग गरेको र पूर्वसांसद यादव र क्ष्Fेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकामा नेकाका उम्मेदवार उपेन्द्रप्रसाद यादवविरुद्ध जसपाका उम्मेदवारलाई मत दिलाउन सहयोग गरेको आरोपमा निलम्बन गरिएको जनाएको छ ।

रमाइलो कुरा के छ भने, सहमहामन्त्रीद्वय अन्सारी र चौधरी नेका सभापति शेरबहादुर देउवा पक्षीय हुन् । केन्द्रमा दुवै देउवा पक्षीय भएपनि जिल्लामा आआफ्नो हैकम बनाउनका लागि एकअर्काविरुद्ध लागिपरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here